विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने « Khabarhub

विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् ।

पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका सहभागीले भारतीय सीमा क्षेत्रका शहरबाट भारतीय नागरिकको आवागमन बढाउन पोखराका हिमशृङ्खला, धार्मिकक्षेत्र, ताल र पदयात्राको आकर्षणबारे प्रचार गरी स्वास्थ्य सुरक्षा पालनासहित अविलम्ब सीमा खोल्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले विराटनगर तथा पोखरा पर्यटकीय बस र दैनिक हवाई सेवा सञ्चालनमा निजी तथा सरकारलाई दबाब दिनुपर्ने आवश्यक्ता औँल्याएका छन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरामा पर्यटक भित्र्याउन अहिले होटल र प्याराग्लाइडिङ, बन्जी जम्पीङमा ५० र खानामा २० प्रतिशत छुट दिएको जानकारी दिए । होटल व्यवसायी सङ्घ प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

आन्तरिक पर्यटक समितिका प्रदेश संयोजक भविष श्रेष्ठ, पोखराका पर्यटन व्यवसायी हरि शर्मा गैरे, विराटनगरका होटल व्यवसायी पूण्य भट्टराई र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रदेश नं १ को भारतीय सीमा क्षेत्र पश्चिम बङ्गाल र विहारका जनतालाई पोखराको पर्यटन क्षेत्रसँग जोड्न आग्रह गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ११ : ३० बजे

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मोरङ – कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा मोटरसाइकल दुर्घटना हुँदा

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो

बनियानी – पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको

उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै

काठमाडौँ –  वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रिय

’संवैधानिक परिषद् खारेज गर्नुपर्छ’

सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशबाट चल्न थालेको लामो समय भइसकेको छ

सभामुख बालुवाटार पुगेर भेटे प्रधानमन्त्रीलाई

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता