विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने « Khabarhub

विराटनगर–पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् ।

पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका सहभागीले भारतीय सीमा क्षेत्रका शहरबाट भारतीय नागरिकको आवागमन बढाउन पोखराका हिमशृङ्खला, धार्मिकक्षेत्र, ताल र पदयात्राको आकर्षणबारे प्रचार गरी स्वास्थ्य सुरक्षा पालनासहित अविलम्ब सीमा खोल्नुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले विराटनगर तथा पोखरा पर्यटकीय बस र दैनिक हवाई सेवा सञ्चालनमा निजी तथा सरकारलाई दबाब दिनुपर्ने आवश्यक्ता औँल्याएका छन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरामा पर्यटक भित्र्याउन अहिले होटल र प्याराग्लाइडिङ, बन्जी जम्पीङमा ५० र खानामा २० प्रतिशत छुट दिएको जानकारी दिए । होटल व्यवसायी सङ्घ प्रदेश नं १ का अध्यक्ष राजन श्रेष्ठले आन्तरिक पर्यटकलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।

आन्तरिक पर्यटक समितिका प्रदेश संयोजक भविष श्रेष्ठ, पोखराका पर्यटन व्यवसायी हरि शर्मा गैरे, विराटनगरका होटल व्यवसायी पूण्य भट्टराई र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रदेश नं १ को भारतीय सीमा क्षेत्र पश्चिम बङ्गाल र विहारका जनतालाई पोखराको पर्यटन क्षेत्रसँग जोड्न आग्रह गरे ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ११ : ३० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी