काममा व्यस्त किसानको दैनिकी (फोटो फिचर) « Khabarhub

काममा व्यस्त किसानको दैनिकी (फोटो फिचर)


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभर चिसो बढ्दै गएको छ । तुलनात्मक रुपमा दिउँसो चिसो कम भएपनि बिहान बेलुका धेरै चिसो हुन थालेको छ ।

यो जाडोका बापजुत पनि किसान आआफ्नो काममा व्यस्त छन् । अहिले धेरै किसानले व्यावसायिक खेती गरेका छन् । उनीहरु कोही फसल उठाउने, बेच्ने तथा रेखदेख गर्ने काममा खटिएका छन् ।

किसानको दैनिकी झल्कने केही तस्वीर हेर्नुहोस्

दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा सुगन्ध कोकिला (मल्लागिरी) सुकाउँदै गरेका स्थानीयवासी । नेपालको छिल्लीकोटमा मात्र सुगन्ध कोकिला मल्लागिरी खेती गरिन्छ ।
पोखराको मुस्ताङचोकमा मुस्ताङको उवा केलाउँदै महिला । पोखरामा उवा प्रतिकेजी रु २००मा बिक्री गरिँदै आइएको छ ।
कृषि ज्ञान केन्द्र कार्यालय लमजुङ परिसरमा च्याउ उत्पादनका लागि शुक्रबार दिउँसो च्याउको बीउ तथा आवश्यक सामग्री राखेर तयारी गर्दै यहाँका कर्मचारीहरु । यस च्याउ १८ देखि २० दिनमा तयार हुनेछ ।
 कृषि ज्ञान केन्द्र कार्यालय लमजुङ परिसरमा च्याउ उत्पादनका लागि शुक्रबार दिउँसो धानको पराललाई मास्पीकरण गर्दै कार्यालयका कर्मचारी ।
तनहुँको देवघाट गाउँपालिकास्थित छिपछिपेमा लटरम्म फलेका सुन्तला । जिल्लाका विभिन्न ठाउँमा कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गर्छन ।
तनहुँको देवघाट गाउँपालिकास्थित छिपछिपेमा लटरम्म फलेका सुन्तला । जिल्लाका विभिन्न ठाउँमा कृषकले सुन्तला बेचेर मनग्य आम्दानी गर्छन ।
शुक्लाफाँटा नगरपालिका–३ का स्थानीय महिला खेतबारीमा उत्पादन भएको काउली टिपेर बेच्नका लागि लैजाँदै ।
तनहुँको व्यासनगरपालिका–३ भतेरीस्थित मादीनदी किनारमा गरिएको व्यावसायिक तरकारी खेती । मादीनदीले बर्सेनि यस क्षेत्रको भाग कटान गर्दैछ ।
पाटनबाट टिपेर ल्याएको सेतो चिनी जडिबुटी सङ्कलन गर्दै जुम्लाका स्थानीय । यो वर्ष कोभिड–१९ कारणले बजार बन्द भएपछि जडिबुटी बिक्री नभएको स्थानीय व्यापारी पदम महाताराले बताए ।

तस्वीर : रासस

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ५ : ४० बजे

बागमती नदीले सतर्कता तह पार गर्‍यो, सतर्क रहन आग्रह

काठमाडौं– काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता

विश्वकपको पुरस्कार : विजेतलाई ५ करोड डलर, यसपाली औँठी पनि

काठमाडौं – ४८ देशले १०३ वटा खेल खेलिसकेपछि सोमबार बिहान

हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन

बागमती– हेटौँडाबाट आवागमन हुने सबै राजमार्गमा आज बिहानैदेखि सवारीसाधन सञ्चालन

वर्षापछि माइतीघर क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार

शिक्षामन्त्रीलाई चितवनमा कालो झण्डा र कालै बेलुनले स्वागत

चितवन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई आइतबार चितवनमा विद्यार्थीहरूले