२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको जानकारी दिएको छ । जसमध्ये ८९९ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, झापामा २९, भोजपुरमा १, मोरङमा ८, संखुवासभामा ३ र सुनसरीमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा ४, पर्सामा १, बारामा १, महोत्तरीमा ५, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा ३८१, काभ्रेमा ९, चितवनमा ३, दोलखामा ३, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा ३२, मकवानपुरमा १४, रसुवामा ३, ललितपुरमा ६९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ३, तनहुँमा २०, नवलपरासी पूर्वमा २०, पर्वतमा २, बागलुङमा १ र स्याङजामा ३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ९, नलवपरासीमा २, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा ११, बाँकेमा ३३, रोल्पामा १ र रुपन्देहीमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको सल्यानमा १ र सुर्खेतमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा ३, कैलालीमा ४, डडेल्धुरामा ७, डोटीमा १, बझाङमा ३ र बैतडीमा ६  जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ५ : २० बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले