काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको जानकारी दिएको छ । जसमध्ये ८९९ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका हुन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ३, उदयपुरमा १, ओखलढुंगामा ३, झापामा २९, भोजपुरमा १, मोरङमा ८, संखुवासभामा ३ र सुनसरीमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यसैगरी प्रदेश २ को धुनषामा ४, पर्सामा १, बारामा १, महोत्तरीमा ५, सप्तरीमा ५, सर्लाहीमा २ र सिरहामा ३ कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा ३८१, काभ्रेमा ९, चितवनमा ३, दोलखामा ३, धादिङमा १०, नुवाकोटमा ३, भक्तपुरमा ३२, मकवानपुरमा १४, रसुवामा ३, ललितपुरमा ६९ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा ३, तनहुँमा २०, नवलपरासी पूर्वमा २०, पर्वतमा २, बागलुङमा १ र स्याङजामा ३ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १०, गुल्मीमा २, दाङमा ९, नलवपरासीमा २, पाल्पामा ७, प्यूठानमा ४, बर्दियामा ११, बाँकेमा ३३, रोल्पामा १ र रुपन्देहीमा २१ जना कोरोना संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेशको सल्यानमा १ र सुर्खेतमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २३, कञ्चनपुरमा ३, कैलालीमा ४, डडेल्धुरामा ७, डोटीमा १, बझाङमा ३ र बैतडीमा ६ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया