पार्टीको आन्तरिक झगडाले विकास रोकिँदैन : मुख्यमन्त्री गुरुङ « Khabarhub

पार्टीको आन्तरिक झगडाले विकास रोकिँदैन : मुख्यमन्त्री गुरुङ


२७ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले मुलुकको विकास निर्माण नरोकिने बताएका छन् ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित श्रवणकुमार गृह ज्येष्ठ नागरिक सेवा केन्द्रको आज शिलान्यास गर्दै उनले समृद्धिको आधार प्राप्तिका लागि विकास निर्माणमा तीनै तहका सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकारले ज्येष्ठ नागरिक तथा अपाङ्गका लागि भौतिक संरचना निर्माणमा जोड दिँदै आएको बताउँदै मुख्यमन्त्री गुरुङले सरकार र समाजको सझेदारीमा गरिने निर्माण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

सरकार सडक मानवरहित प्रदेश बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उनले त्यसका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा गरे । कोरोना भाइरसको उपचारमा तीनै तहका सरकार जिम्मेवार भएर लागेको बताउँदै उनले सरकारी अस्पतालले निःशुल्क उपचार गर्दा पनि कतिपय बिरामीलाई परिवारले निजी अस्पतालमा लैजाने गरेको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार  ६ : ३२ बजे

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै

उज्यालो नेपालका १५ जना केन्द्रीय सदस्यले छाडे पार्टी

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा)मा आन्तरिक विवाद चुलिँदै जाँदा

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने