छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रम कार्यान्वयनमा जोड « Khabarhub

छोरी शिक्षा र शिक्षा बीमा कार्यक्रम कार्यान्वयनमा जोड


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ प्रदेश समन्वय परिषद्को बैठकले छोरी शिक्षा र छोरी शिक्षा बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

बालविवाह, महिला हिंसा र दाइजोप्रथाको पूर्ण उन्मूलन गर्ने प्रतिबद्धतासहित प्रदेश २ परिषद्को बर्दिबासमा सम्पन्न दुई दिने परिषद् बैठकमा प्रस्तुत यस्तो प्रतिबद्धतापत्रमा सङ्घीय अर्थमन्त्री डा युवराज खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलसहितका उच्च अधिकारी र बैठकका सहभागीले हस्ताक्षर गर्दै ऐक्यबद्धता जनाएका हुन् ।

प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको अध्यक्षतामा सम्पन्न बैठकले मुलुकको समृद्धि अभियानमा प्रदेश नं २ ले मुख्य रुपमा कृषि उत्पादन बढाएर योगदान दिने प्रतिबद्धता जनाएको छ ।

“सङ्घीय सरकारबाट प्रदेश नं २ लक्षित राष्ट्रिय महत्वका आयोजनाहरुको कार्यान्वयन गरिने प्रतिबद्धता आएको छ”, मुख्यमन्त्री राउतले बैठक समापनमा भने, “प्रदेश सरकार र यहाँका १३६ वटै स्थानीय तहले कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि खास उपलब्धि हासिल हुन्छ ।”

बैठकको शुरुको दिन शनिबार अर्थमन्त्री डा खतिवडाले सुनकोशी मरिन ड्राइभर्सनबारे जनाएको प्रतिबद्धता सम्झँदै राउतले सो आयोजनाको सफल समापनले मधेशमा कृषि क्रान्ति नै ल्याउने धारणा राखे ।

दलित, जनजाति र सिमान्तकृत समुदायको सामाजिक पछौटेपन हटाउनु प्रदेशको मुख्य चुनौती रहेको बैठकले औंल्याएको छ । शिक्षाको प्रसार र सामाजिक सचेतना अभियानले नै यो अवस्था अन्त्य हुने बैठकले ठहर गरेको छ ।

प्रदेश सरकारका मन्त्री, सचिव, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुखउपप्रमुख र गाउँपालिकाका अध्यक्षउपाध्यक्षको सहभागिता रहेको बैठकले आर्थिक पारदर्शिता र जवाफदेहिता व्यवहारमा उतार्न सके मात्र जनताले सुशासनको अनुभूति गर्न सक्ने ठहर गरेको प्रदेश सरकारका मुख्य सचिव रामकृष्ण सुवेदीले बताए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ५ : ४५ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२