नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल | Khabarhub Khabarhub

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

युएइको अबुधाबीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घको १० औँ साधारणसभामा उनले नयाँ संविधान जारी भएसँगै नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको बताए ।

जलविद्युत् क्षेत्रमा लागानीमैत्री वातावरण निर्माण गर्न सरकारले कानूनी सुधार, क्षेत्रीय बजार विस्तार तथा विद्युत् नियमन आयोग स्थापनाजस्ता काम गरेको उनको भनाइ थियो ।

मन्त्री पुनले सार्वजनिक निजी साझेदारीमा जलविद्युत्मा लगानी प्रवद्र्धन गर्ने नेपाल सरकारको नीति रहेको चर्चा गर्दै ढुक्क भएर नेपालमा लगानी भित्र्याउन आग्रह गरेका थिए ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखेको भन्दै उहाँले आन्तरिक बजारमै विद्युत् खपतका लागि विभिन्न योजनासमेत अघि सारेको उल्लेख गरे । उनले विद्युत् खपत बढाउन विशेष आर्थिक क्षेत्रमा कर छुट, विद्युतीय सवारी प्रवद्र्धन र चार्जिङ सेन्टर स्थापना गर्न लागिएको बताए ।

सङ्घलाई नेपालमा लगानीका लागि सहयोग जुटाइदिन आग्रह गर्दै मन्त्री पुनले विद्युत् उत्पादन गर्न, प्रसारण लाइन निर्माण तथा वितरण गर्न सस्तो र प्रभावकारी प्रविधि स्थापनामा सघाउन अनुरोध गरे ।

फरक प्रसङ्गमा मन्त्री पुनले जलवायु परिवर्तनका कारण हिउँ पग्लने क्रम बढेकामा चिन्ता प्रकट गर्दै ऊर्जा क्षेत्रको सुरक्षाका लागि त्यसलाई रोक्न गर्नुपर्ने काममा गम्भीर हुन सबैको ध्यानाकर्षण गराए ।

करिब १२० मुलुकका मन्त्री सहभागी सभामा नेपालका तर्फबाट मन्त्री पुनको नेतृत्वमा प्रतिनिधिसभा सदस्य राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भूमि त्रिपाठी तथा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी र मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईं सहभागी छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : ५५ बजे

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत – अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस

पुष्पलालको विचारलाई व्यवहारमा उतार्न आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का स्थायी कमिटी सदस्य

आजका समाचार : एमालेले रोक्दैमा विद्या भण्डारी नरोकिने, जनार्दनले सिँगौरी खेलेको प्रचण्डको आरोप र जापान-अमेरिका व्यापारिक सम्झौता

ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष

आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा : उपप्रधानमन्त्री सिंह

जलेश्वर– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त