स्पेनिस सुपरकपको उपाधि रियल मड्रिडले जित्यो « Khabarhub

स्पेनिस सुपरकपको उपाधि रियल मड्रिडले जित्यो


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । आइतबार राति एट्लेटिको मड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै रियलले सुपरकपको उपाधि चुम्न सफल भएको हो ।

यो सँगै रियलले ११ औं पटक स्पेनिस सुपर कपको उपाधि उचालेको हो ।

सर्जियो रामोसको गोलसंगै रियल पेनाल्टी सुटआउटमा ४–१ ले विजयी बन्यो । निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

एट्लेटिको मड्रिडका औल निगुएज र थोमस मार्टे पेनाल्टीमा गोल गर्न सकेनन् । रियलले १० खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो ।

अतिरिक्त समयमा अल्भारो मोराटालाई फल गरेपछि फेडरिको भल्भर्डे रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

स्पेनिस लिगको शीर्ष दुई टिम र कोपा डेल रेका फाईनल खेलेका दुई टिमलाई सुपरकपमा समावेश गरिएको हो ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : २८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका