रोनाल्डोले गोल गर्दा युभेन्टस शीर्ष स्थानमा | Khabarhub Khabarhub

रोनाल्डोले गोल गर्दा युभेन्टस शीर्ष स्थानमा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसँगै युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

रोमाको घरेलु मैदानमा भएको खेलको दिमिराल र रोनाल्डोले गोल गरे । रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।

रोमाका डिएगो पेरोट्टीले ६८ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेन ।

रोनाल्डोले सिरि एमा चालू सिजन १४ गोल गरेका छन् ।

जितसंगै युभेन्ट्सले सिरि एमा दुई अंकको अग्रता लिएको छ ।

शीर्ष स्थानको युभेन्ट्सले १९ खेलबाट ४८ अंक जोडेको छ । उसले ईन्टर मिलानसंग स्पष्ट २ अंकको अग्रता लिएको हो । रोमा ३५ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ५० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई