देउवा, पौडेल र सिटौलाबीच दुई घन्टा लामो छलफल, समस्या समाधान गर्ने निर्णय « Khabarhub

देउवा, पौडेल र सिटौलाबीच दुई घन्टा लामो छलफल, समस्या समाधान गर्ने निर्णय


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र देखिएको विवाद समाधान तर्फ उन्मुख भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षका दुई नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाबीच पार्टीमा देखिएको समस्या समाधान गर्ने विषयमा सहमति जुटेसँगै कांग्रेस भित्र देखिएको मतभेद केही मत्थर हुने देखिएको हो ।

आइतवार(हिजो) साझ देउवा निवास बूढानिलकण्ठमा नेता त्रयबीच भएको छलफलपछि पार्टीमा देखिएको समस्या समाधान गरेर अघि बढ्ने सहमति जुटेको छ ।

देउवा निकटका नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सभापति, वरिष्ठ नेता पौडेल र अर्का नेता सिटौलाबीचको छलफलले पार्टीमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरे ।

बूढानिलकण्ठमा आइतवार साँझदेखि शुरु भएको छलफल दुई घन्टा भन्दा लामो समय चलेको थियो । बैठकले पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको हो ।

नेपाली कांग्रेसमा विगत केही महिनादेखिको विवाद उग्रबन्दै गएको थियो ।

पार्टी सभापति देउवाले बहुमतको आधारमा पेलेर अघि बढेको र आफू अनुकुल निर्णय गर्दै अघि बढेको आरोप वरिष्ठ नेता पौडेल र सिटौला पक्षले लगाउँदै आएको छ ।

पुस ११ गते असन्तुष्ट पक्षका नेताहरु उनुपस्थित केन्द्रीय कार्यसमितिको बैठकबाट देउवाले १४ औं महाधिवेशन २०७७ फागुन ७ गतेदेखि गर्ने, पार्टीमा रहेका विभागको संख्या बढाएर ४७ पुर्या‍उने, तरुण दलको म्याद थप गर्ने लगायतका निर्णय गरेपछि समस्या थप बढेको थियो ।

बहुमतका आधारमा निर्णयहरु गरेपछि असन्तुष्ट पक्षले बैठक राखेर निर्णयहरु सच्याउन देउवालाई चेतावनी दिएका थिए त्यसयता सभापति देउवा र वरिष्ठ नेताबीच वार्ताको अवस्था अवरुद्ध भएको थियो ।

सभापति देउवालाई दवाव दिनका लागि भन्दै पौडेल सिटौला पक्षले आफूहरु निकट जिल्ला सभापतिहरुलाई पार्टी कार्यालय सानेपा बोलाएर भेलासमेत गरेका थिए ।

४५ जिल्लाका जिल्ला सभापतिहरु उपस्थित रहेको दाबी गरिएको भेलाले केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णय सच्याउन, पार्टीलाई सहमतिमै सञ्चालन गर्न र भागवण्डाको राजनीति बन्द गर्नुपर्ने लगायतका निर्णय गरेको थियो ।

भेलापछि जिल्ला सभापतिहरुलाई पार्टी सभापति देउवाले बूढानिलकण्ठमै बोलाएर समेत कुराकानी गरेका थिए । त्यसक्रममा उनले पार्टी निर्णयहरुबारे पुनर्विचार गर्न सकिने तर महाधिवेशनको कार्यतालिका तलमाथि गर्न नमिल्ने बताएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ५४ बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न