शिष्यमाथि ठगी गरेको आरोपमा ‘स्वामी’ शिवानन्द पक्राउ | Khabarhub Khabarhub

शिष्यमाथि ठगी गरेको आरोपमा ‘स्वामी’ शिवानन्द पक्राउ


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई योगगुरु स्वामी शिवानन्द भन्ने दीपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना शिष्य तथा अनुयायीलाई आकर्षक काममा विदेश पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले शिवानन्द भनिने भण्डारीलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाका अनुसार स्वामी शिवानन्द भनिने भण्डारीविरुद्ध ठगी गरेको आरोपमा उजुरी परेको छ ।

भण्डारीविरुद्ध ४ जनाले उजुरी दिएका एसएसपी थापाले बताए । ‘आकर्षक कामका लागि विदेश पठाइदिन्छु भन्दै आफ्नै शिष्यबाट पैसा उठाएको देखिएको छ,’ एसएसपी शहकुल थापाले भने, ‘के–कति पैसा उठाइएको हो भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ । अनुसन्धानकै लागि उनलाई पनि पक्राउ गरिएको हो ।’

भण्डारीले आफूलाई तन्त्रविद्याको ज्ञाताका रुपमा समेत चिनाउने गर्छन् । हाल उनले काठमाडौंको गौरधारामा योग शिविर सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ४ : ०० बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न