शिष्यमाथि ठगी गरेको आरोपमा ‘स्वामी’ शिवानन्द पक्राउ « Khabarhub

शिष्यमाथि ठगी गरेको आरोपमा ‘स्वामी’ शिवानन्द पक्राउ


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूलाई योगगुरु स्वामी शिवानन्द भन्ने दीपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना शिष्य तथा अनुयायीलाई आकर्षक काममा विदेश पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले शिवानन्द भनिने भण्डारीलाई पक्राउ गरेको हो ।

अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाका अनुसार स्वामी शिवानन्द भनिने भण्डारीविरुद्ध ठगी गरेको आरोपमा उजुरी परेको छ ।

भण्डारीविरुद्ध ४ जनाले उजुरी दिएका एसएसपी थापाले बताए । ‘आकर्षक कामका लागि विदेश पठाइदिन्छु भन्दै आफ्नै शिष्यबाट पैसा उठाएको देखिएको छ,’ एसएसपी शहकुल थापाले भने, ‘के–कति पैसा उठाइएको हो भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ । अनुसन्धानकै लागि उनलाई पनि पक्राउ गरिएको हो ।’

भण्डारीले आफूलाई तन्त्रविद्याको ज्ञाताका रुपमा समेत चिनाउने गर्छन् । हाल उनले काठमाडौंको गौरधारामा योग शिविर सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ४ : ०० बजे

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका