लिबिया संकटबारे चार देशका नेताहरुबीच छलफल « Khabarhub

लिबिया संकटबारे चार देशका नेताहरुबीच छलफल


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उनका समकक्षी एम्यानुएल मर्कोनले कुराकानी गरेका हुन् । टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा लिबिया संकट, युद्ध विराम लगायतका विषयमा छलफल भएको रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यालयद्धारा जारी वक्तव्य अनुसार दुवै नेताहरुले लिबियाको संकट समाधानका लागि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए ।

संकट समाधानका लागि राजनीतिक तथा कुटनीतिक तवरबाट पहल थाल्ने र जर्मनीको राजधानी बर्लिनमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बारेमा पनि उनीहरुले छलफल गरेको वक्तव्यमा जनाइएको छ ।

पुटिन र मर्कोनले युक्रेनको द्वन्द्वका साथै इरान र सिरियाको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी गरेका थिए । यसअघि शनिबार पुटिन र जर्मन चान्सलर एञ्जेला मर्केलका बीचमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी जर्मनी चान्सलर मर्केलले टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानसँग पनि लिविया संकटका बारेमा कुराकानी गरेका छन् । आइतबार भएको फोन कुराकानीका क्रममा उनीहरुले लिबियामा हालै विकसीत घटना क्रमका बारेमा छलफल गर्नुभएको टर्कीका सरकारी अधिकारीहरुले जनाएका छन् ।

उहाँहरुले क्षेत्रीय चासो र सरोकारका विषयमा पनि कुराकानी गर्नुभएको सरकारी निकायद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ६ : २३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला