दलबाट उम्मेदवार यकिन नभई राजीनामा दिन्न: उपसभामुख « Khabarhub

दलबाट उम्मेदवार यकिन नभई राजीनामा दिन्न: उपसभामुख


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं –  उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट पारेकी छिन् ।

सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति र न्यूज एजेन्सी नेपाल सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भनिन्, “सभामुख रिक्त नहुने संविधानको परिकल्पनालाई हामीले ग्रहण गर्नुपर्छ, जबसम्म दलले उम्मेदवार टुङ्ग्याएर मेरो उम्मेदवार यो हो भनेर अगाडि सार्दैन, त्यतिबेलासम्म उपसभामुखले राजीनामा गरेर प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाएर छाड्ने पक्षमा म छैन ।”

उपसभामुख तुम्वाहाङफेले नेकपाको सचिवालयले उपसभामुखबाट राजीनामा दिन आग्रह गरी पठाएको पत्रसमेत बुझ्न अस्वीकार गरेकी छिन् । नेकपाले आइतबार सङ्घीय संसद् सचिवालयमा उक्त अनुरोध पत्र पठाएको थियो ।

अहिलेको गतिरोध अन्त्य गर्ने वा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने भन्ने निर्णय अहिले प्रतिनिधिसभामा बहुमत प्राप्त दल नेकपाको हातमा रहेको उल्लेख गर्दै उनले भनिन्, “विभिन्न परिस्थितिका कारण व्यवस्थापिका जस्तो महत्वपूर्ण स्वतन्त्र संस्थाको नेतृत्व प्रदान गरिरहेको व्यक्तिलाई कुनै दल विशेषले नेतृत्वबाट बाहिर जाउ भनेर निर्देशन जारी गर्न संविधान त मिल्दैन ।”

प्रतिनिधिसभामा रहेर मैले काम गरिरहेको अवस्थामा म स्वतन्त्र व्यक्ति हो, जतिबेला दलले उम्मेदवार बनायो र म निर्वाचित भए, त्यसलगत्तै मैले दलको साधारण सदस्य नरहने गरी दल त्याग गरेको स्मरण गर्दै उनले भनिन्, “मैले स्वतन्त्र ढङ्गबाट प्रतिनिधिसभालाई नेतृत्व प्रदान गर्नुपर्छ, त्यो गरिरहेको छु । कसैको प्रभावमा पर्दिन र डर नमानी काम गर्छु भनेर शपथ लिएको थिए ।”

अझै पनि केही समय राजीनामा गर्ने पक्षमा आफू नरहेको बताउँदै उनले भनिन्, “दलले उम्मेदवार अझै अघि बढाएका छैनन्, दलले उम्मेदवार अघि बढाइसकेपछि प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन प्रक्रियालाई अघि बढाउने सन्दर्भमा राजीनामा दिन्छु, निर्वाचनअघि बढछ, संविधानले दिएको डयुटी मैले पूरा गर्नुपर्छ ।” उनले संविधान नै नेपालमा सबैभन्दा ठूलो भएकाले यसले निर्देशन गरेर राष्ट्र र सरकार चल्छ भने सबै त्यसैका आधारमा चल्नुपर्ने बताइन् ।

उपसभामुख तुम्वाहाङफेले भनिन्, “कुनै दल विशेषले राजीनामा देऊ भने पनि मैले यो संस्थालाई खाली गर्न मिल्दैन, संविधानले प्रतिनिधिसभालाई रिक्त हुने भनेर कल्पना गरेको छैन, नेकपाले राजीनामा दिन निर्देशन जारी ग¥यो भन्ने विषय मैले सञ्चारमाध्यमबाट थाहा पाएको हुँ ।”

प्रतिनिधिसभाको बैठकका लागि प्रशस्त विजनेश भए पनि प्रतिनिधिसभाको पहिलो कार्यभार सभामुख निर्वाचन गर्नुपर्ने भएकाले विगतका बैठक स्थगन गर्नुपरेको उल्लेख गर्दै उनले दलले आफ्नो उम्मेदवारको तय अहिलेसम्म गरेका छैनन् । माघको ६ गतेका लागि अर्काै बैठक तोकिएको छ, सम्भवत त्यो दिनदेखि सदन नियमित अघि बढ्छ कि भन्ने सम्भावना रहेको बताइन् ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  १० : ३० बजे

मुस्ताङमा पन्ध्र दिने ‘राष्ट्रिय मूर्तिकला कार्यशाला’ सुरु

काठमाडौँ- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँको सहकार्य तथा घरपझोङ गाउँपालिका, मुस्ताङको

बालअधिकार उल्लंघन अन्त्य गर्न प्रभावकारी खबरदारीमा जोड

काठमाडौँ। बाल विवाह, बालश्रमलगायत बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ- नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले

सुधन गुरुङले भने : राज्यको ढुकुटीमा आँखा गाड्नेमाथि कारबाही रोकिँदैन, डगमगाइँदैन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राज्यको ढुकुटीमा आँखा गाड्नेहरूमाथि कारबाही

गौस्वारामा धार्मिक पूर्वाधार थपिँदै

म्याग्दी- बेनी नगरपालिका–२ गौस्वारालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न