नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो दाबीसहित ६ जनाविरुद्ध मुद्दा « Khabarhub

नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो दाबीसहित ६ जनाविरुद्ध मुद्दा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो दाबीसहित ६ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागले हाइवे लिंक प्रालि तथा रोज इन्टरप्राइजेजका सञ्चालक फिरोज मास्केसहित छ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

नक्कली भ्याट बिल प्रकरणमा मास्के, जनार्दन भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी, अभिषेककुमार आचार्य र सूर्चन श्रेष्ठविरूद्ध काठमाडौं जिल्ला अदालतमा विभागले मुद्दा दायर गरेको हो।

उनीहरूलाई १२ करोड ६५ लाख बिगो, बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद माग्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ।

विभागका अनुसार उनीहरूले मालवस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकमात्र खरिद गरेर राजस्व नतिर्ने प्रपञ्च र जालसाजी गरेको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले लाभांश करतर्फ ७५ लाख ९७ हजार २०५, आयकर सात करोड ७१ लाख २ हजार ३२ र र मूल्य अभिवृद्धि कर चार करोड १० लाख ३९ हजार ३१३ छलेको विभागको दाबी छ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ५२ बजे

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरूद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग आज

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन

प्रसारण लाइनले आयोजनाले उपलब्ध गरायो सट्टा जग्गा

सङ्खुवासभा– सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै