नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो दाबीसहित ६ जनाविरुद्ध मुद्दा « Khabarhub

नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो दाबीसहित ६ जनाविरुद्ध मुद्दा


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा १२ करोड बिगो दाबीसहित ६ जना विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

विभागले हाइवे लिंक प्रालि तथा रोज इन्टरप्राइजेजका सञ्चालक फिरोज मास्केसहित छ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

नक्कली भ्याट बिल प्रकरणमा मास्के, जनार्दन भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी, अभिषेककुमार आचार्य र सूर्चन श्रेष्ठविरूद्ध काठमाडौं जिल्ला अदालतमा विभागले मुद्दा दायर गरेको हो।

उनीहरूलाई १२ करोड ६५ लाख बिगो, बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद माग्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ।

विभागका अनुसार उनीहरूले मालवस्तु तथा सेवा खरिद नै नगरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकमात्र खरिद गरेर राजस्व नतिर्ने प्रपञ्च र जालसाजी गरेको अनुसन्धानबाट खुलेको छ।

उनीहरूले लाभांश करतर्फ ७५ लाख ९७ हजार २०५, आयकर सात करोड ७१ लाख २ हजार ३२ र र मूल्य अभिवृद्धि कर चार करोड १० लाख ३९ हजार ३१३ छलेको विभागको दाबी छ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ७ : ५२ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर