नागरिकको हक कुण्ठित पार्ने विधेयक विरुद्ध कांग्रेस लड्छः सहमहामन्त्री महत  | Khabarhub Khabarhub

नागरिकको हक कुण्ठित पार्ने विधेयक विरुद्ध कांग्रेस लड्छः सहमहामन्त्री महत 


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा. प्रकाशशरण महतले जनताका अधिकारको रक्षाका लागि आफूहरु सधै लड्न तयार रहेको बताएका छन।

बीपी  कोइराला स्कुल अफ पब्लिक पोलिसीले आयोजना गरेको प्रस्तावित सूचना प्रविधि र विशेष सेवा संगठन विधेयकः नागरिक अधिकार सम्बन्धी अन्तरक्रियामा उनले सरकारले यही स्वरुपमा सूचना प्रविधि विधेक पास गर्न खोजे कांग्रेसले सदन र सडकबाटै आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

उनले सूचना प्रविधि विधेकले मानव अधिकारलाई कुन्ठित गर्ने तथा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हक छिन्ने हुँदा सवै तह र तप्काबाट यसको विरोध जनाउनुपर्ने बताए ।

नागरिकको फोन ट्यापिङ गरेर दुख दिने मनसायले विधेकहरु आएको र ती विधेकलाई अहिले पास हुन दिए देशमा अधिनायकवाद स्थापित हुने सहमहामन्त्री महतले बताए ।

नागरिकलाई दुःख दिन तथा सामाजिक संजालकर्तालाई जरिवाना र जेल सजाय गराउनका लािग जनताले नेकपालाई मत नदिएको तर्क गरे ।  उनले सरकार चरम भ्रष्टाचारमा डुबेको आरोप समेत लगाएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ८ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र