जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’ « Khabarhub

जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्दा पैदलयात्रुको मृत्यु हुन थालेपछि दुर्घटनालाई घटाउन ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना नगरी बाटो काट्ने पैदलयात्रुलाई २० मिनेटको कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने, ‘सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउँछौँ, यात्रुको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका छौं ।’

सोमबार वीर अस्पतालबाट शुरु गरेको अभियान उपत्यकाका सबै स्थानमा लैजाने महाशाखाले जनाएको छ । महाशाखाले आजमात्रै एक हजार पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’ लिएको थियो ।

चालू आर्थिक वर्षमा उपत्यकामा मृत्यु भएका ७६ व्यक्तिमध्ये ३२ जना पैदलयात्रु रहेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ११ : ३२ बजे

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको