जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’ « Khabarhub

जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’


२८ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रुलाई ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्दा पैदलयात्रुको मृत्यु हुन थालेपछि दुर्घटनालाई घटाउन ट्राफिक सचेतना कक्षा सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक नियम पालना नगरी बाटो काट्ने पैदलयात्रुलाई २० मिनेटको कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

उनले भने, ‘सचेतना कक्षामा सडक सुरक्षा र ट्राफिक नियमबारे सिकाउँछौँ, यात्रुको माध्यमबाट घरघरमा सचेतनाको लागि पर्चा पम्पलेटसमेत वितरण गरेका छौं ।’

सोमबार वीर अस्पतालबाट शुरु गरेको अभियान उपत्यकाका सबै स्थानमा लैजाने महाशाखाले जनाएको छ । महाशाखाले आजमात्रै एक हजार पैदलयात्रुलाई ‘ट्राफिक सचेतना कक्षा’ लिएको थियो ।

चालू आर्थिक वर्षमा उपत्यकामा मृत्यु भएका ७६ व्यक्तिमध्ये ३२ जना पैदलयात्रु रहेका थिए ।

प्रकाशित मिति : २८ पुस २०७६, सोमबार  ११ : ३२ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक