जुमानुको ह्याट्रिकमा पुलिसको जीत « Khabarhub

जुमानुको ह्याट्रिकमा पुलिसको जीत


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन फुटबल लिगमा जुमानु राईको ह्याट्रिकसँगै नेपाल पुलिस क्लबले यो सिजनको आफ्नो यात्रा टुङ्ग्याएको छ ।

बिहीबार सातदोबाटोस्थित एन्फा मैदामा भएको खेलमा पुलिसले फ्रेन्ड्सलाई ३–० गोलले पराजित गरेको हो ।

फ्रेन्ड्सविरुद्ध पुलिसले ३ गोल गर्दा अनुभवी खेलाडी राईले ह्याट्रिक गरेका हुन् । उनले खेलको ४९, ५६ र ८५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।

जीतसँगै १३ खेल खेलेको पुलिस शीर्ष पाँचमा रहेको छ भने पराजित फ्रेन्ड्स १४ अंकसहित १० औं स्थानमा रहेको छ ।

लिगको यो सिजनमा राईले गरेको ह्याट्रिक दोस्रो हो ।

यसअघि थ्रीस्टारका सन्जोक राईले लिगमा पहिलो ह्याट्रिक गरेका थिए ।

२०७० सालपछि सन्जोगले गरेको ह्याट्रिक पहिलो हो भने जुमानुको दोस्रो ह्याट्रिक हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ११ : ३३ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट