जीवनका दुई महत्वपूर्ण क्षण : जन्मदिन र आफू किन जन्मिएको हुँ भनेर पत्ता लगाएको दिन « Khabarhub

जीवनका दुई महत्वपूर्ण क्षण : जन्मदिन र आफू किन जन्मिएको हुँ भनेर पत्ता लगाएको दिन


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मार्क द्धेन विश्वप्रसिद्ध अमेरिकी लेखक, उद्यमी र प्रध्यापाक हुन् । उनको जन्म सन् १८३५ नोभेम्बर ३० मा भएको थियो भने सन् १९१० मा निधन भएको थियो ।

उनका केही उत्कृष्ट भनाइहरु:

१. ठेगाना नलेखिएको बन्द खाम जस्तो भएर नबस ।
२. हरेक व्यक्ति चन्द्रमा जस्तै हो । उसको उज्यालो र अध्यारो भाग दुवै हुन्छ । कुनैपनि व्यक्तिले आफ्नो अध्यारो भाग देखाउन चाहँदैन ।
३. सबैभन्दा पहिले तिमीले आफूमा भएका विशेषताहरुलाई राम्रोसँग चिन । त्यसपछि ती विशेषताहरुलाई आफू अगाडी बढ्नको लागि प्रयोग गर्न सकिने बनाऊ ।
४. जसले सोध्छ, ऊ पाँच मिनेटको लागि मूर्ख देखिन सक्छ, तर जसले सोध्दैन ऊ जीवनभर मूर्ख रहिरहन्छ ।
५. धेरैजसो मानिस परिस्थितीको कल्पना गरेर अत्तालिएका हुन्छन्, जुन जीवनमा घट्दै घट्दैन ।
६. यदी आफ्नो आत्माले हुन्न भन्दा भन्दै पनि गरिरहेको छ भने त्यो व्यक्ति सहज रुपमा बाँच्न सक्दैन ।
७. तिमी पूर्ण रुपले खुशी रहन चाहन्छौ भने खुशी बाड्न सिक ।
८. यदी तिमी सत्य बोल्छौ भने तिमीलाई अनावश्यक कुराहरु सम्झिने आवश्यकता नै हुँदैन ।
९. साहस भनेको नडराउनु होइन, डरको प्रतिरोध गर्नु हो ।
१०. धेरै साना चिजहरुलाई बुद्धिमत्तापूर्वक बाहिर ल्याउँदा धेरै ठूला चिज बनेर परिचित भएका छन् ।
११. आधा सत्य जहिले पनि खतरनाक हुन्छ ।
१२. उनीहरु आफैले आफूलाई नचिन्दा वा अरुले उनीहरुलाई चिन्न नसक्दा विलक्षण प्रतिभावान भएका हजारौं व्यक्तिहरु यत्तिकै मर्छन् ।
१३. जीवनमा दुईवटा दिन सबैभन्दा महत्वपुर्ण हुन्छन् । एउटा तिमी जन्मिएको दिन र अर्को तिमीले आफू किन जन्मिएको हुँ भनेर पत्ता लगाएको दिन ।
१४. तिमी भित्र भएको ज्ञानलाई अरुले दिने ज्ञानले प्रभावित गर्न नदेऊ ।
१५. आफ्नो पहिरनलाई भन्दा बढी मनलाई राम्रो बनाउने प्रयास गर ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ११ : ५६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा