अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकनको तयारीमा « Khabarhub

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ छायांकनको तयारीमा


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिलेका चल्तीका कलाकार अनमोल केसी र सुहाना थापाको फिल्म ‘ए मेरो हजुर ४’ फागुन १३ गतेदेखि फ्लोरमा जाने भएको छ ।

निर्देशक झरना थापाले ‘ए मेरो हजर ४’ को कार्यशाला चलिरहेको र अब छायांकनमा जाने तयारीमा रहेको बताइन् । खबरहबसँग उनले भनिन्, ‘फिल्मको अरु काम सकिएको छ, वर्कशपमा लागेका छौं, अब भने फ्लोरमा जाने मिति तय गरेका छौं ।’

यो फिल्ममा अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहनेछ । यसअघि यो जोडीलाई ‘ए मेरो हजुर ३’ मा देखिएको थियो । दर्शकले यो अनस्किृन जोडीलाई रुचाएका थिए । फिल्मलाई झरना थापाले नै निर्देशन गरेकी थिइन् ।

यसैबीच अभिनेता भुवन केसीले अनमोल केसीकै शीर्ष भूमिका रहने ‘एन्टीहिरो’ वैशाख १ गतेदेखि फ्लोरमा जाने बताए । यो फिल्ममा अनमोल र जसिता गुरुङको रोमान्स देख्न सकिनेछ ।

बुधवार फिल्म ‘लभ डायरिज’ को प्रिमियरमा फिल्म हेरिसकेपछि प्रतिक्रिया दिने क्रममा भुवनले भने, ‘वैशाख १ गतेदेखि एन्टीहिरो छायांकनमा जानेछ, अनमोलका दुई फिल्ममध्ये कुन पहिले रिलिज हुने भन्नेमा चाहिँ हामीले पछि सल्लाह गर्छौं ।’

झरना थापाले ‘ए मेरो हजुर ४’ भदौतिर आउने संकेत गरिन् । उनले यो फिल्म मनोरञ्जनसहितको लभस्टोरी प्याकेज हुने पनि बताइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ०४ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ