बचत गर्नेमा महिलाभन्दा पुरुष बढी | Khabarhub Khabarhub

बचत गर्नेमा महिलाभन्दा पुरुष बढी


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बैंंकिङ पहुचमा महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । बैंक खाताको प्रयोग गर्नेमा महिला भन्दा पुरुष अगाडि रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार यस आर्थिक वर्षको पुस मसान्त सम्ममा मुलुकभर कुल ९३ प्रतिशत बचत खातामा पुरुष संख्या ४८ प्रतिशत रहेको छ भने महिला ३० प्रतिशतको मात्र रहेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा ७ सय ५३ स्थानीय तहमा ७ सय ४८ वटा बैंक तथा वित्तीय संस्थाहरू छन् ।

करिब ६१ प्रतिशत नेपालीको क, ख र ग वर्गका वित्तीय संस्थामा खाता रहेको पाइएको छ । त्यसमा पनि ‘घ’ र सहकारीलाई पनि जोड्ने हो भने करिब ९३ प्रतिशतको बैंकमा खाता छ, जसमा ७८ प्रतिशत मात्रै बचत खाता छ । चालू आर्थिक बर्षको पुष मसान्तसम्ममा महिलाको ३० प्रतिशत र पुरुषको ४८ प्रतिशत बचत खाता छ ।

बचतमा महिला आकर्षण

गत आर्थिक बर्षमा २५ प्रतिशत महिला र ४८ प्रतिशत पुरुषको बचत खाता सञ्चालनमा रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, आर्थिक २०७४/७५ मा २२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुषको बचत खाता थियो । यसरी विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने महिलाको बचत गर्ने बानी क्रमिक रूपमा बढ्दै गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणकार भट्टका अनुसार विगत ३ बर्ष यता बचत गर्ने महिलाको संख्या बढी रहेको छ । स्थानीय नागरिकहरुमा बित्तीय जागरण ल्याउने, गाँउ गाँउ, टोलटोलमा बैंकले दिने सुबिधा, प्रक्रिया, बैंकिङ पहुचताले हुने फाइदाहरु, बचत गर्ने बानी बिकासका कार्यक्रमहरु गर्दा महिलाहरुमा बचत गर्ने बानीको विकास भएको उनले बताए । महिलाहरुमा घरपरिवार घर खर्च तथा पुरुषले खर्च गर्ने रकम दिने हुनाले बचत खाता तथा रकम कम देखिएको प्रवक्ता भट्टले बताए ।

पछिल्लो समय वित्तीय क्षेत्र तथा अन्य क्षेत्रमा समेत महिला कार्यरत महिलाको संख्या पनि बढ्दै गएको छ । बैंकको प्रमुख र उपप्रमुखमा पनि महिला छाउन थालेका छन् । मुलुभर रहेका २८ वाणिज्य बैंकहरूमा अहिले करिब ४० प्रतिशत महिला छन् । त्यसो त राष्ट्र बैंकको सञ्चालक समितिमा पनि १ जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।

महिला तथा पुरुषको कुन प्रदेशमा कति खाता
प्रदेश नं. १
प्रदेश नं.१ मा ४७ लाख ४ हजार ४ सय ६१ जना पुरुषको बचत खाता छ भने महिलाको ११ लाख १५ हजार ९ सयवटा बचत खाता छन् ।

प्रदेश नं. २
प्रदेश नं. २ मा १२ लाख ८३ हजार ७ सय ९३ पुरुष र ७ लाख ३८ हजार १ सय ३ वटा महिलाको बचत खाता छन् ।

बागमती प्रदेश
बागमती प्रदेशमा ६६ लाख ६५ हजार ५ सय ७८ पुरुष र २८ लाख ३० हजार १ सय ३८ महिलाका बचत खाता छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा ४ मा ११ लाख ८९ हजार १ सय ३० पुरुष र १२ लाख ६३ हजार ६ सय १७ महिलाका बचत खाता छन् ।

प्रदेश नं. ५
प्रदेश नं. ५ मा १६ लाख ५२ हजार ३ सय ८५ पुरुष र १३ लाख ४४ हजार ९ सय ८६ महिलाको बचत खाता छन् ।

कणार्ली प्रदेश
कणार्ली प्रदेशमा २ लाख ८७ हजार २ सय ३७ पुरुष र २ लाख ३ हजार ५ सय ६ महिलाको बचत खाता छन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा ६ लाख ७७ हजार ४ सय ३२ पुरुष र ४ लाख ९७ हजार ९ सय ५ महिलाका बचत खाता छन् ।
हाल देशभर बैंक तथा वित्तीय संस्थामा ३ करोड भन्दा धेरै बचत खाता सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १२ : १४ बजे

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनको ‘मोडालिटी’ टुङ्ग्याइने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राष्ट्रिय गौरवको

रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण 

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय भेलाबाट साधारण सदस्यसमेत

रञ्जिताले भनिन्- विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्दिन

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको

प्रधानमन्त्रीले गरे ‘फिफा फर स्कुल’ अभियानको थालनी (भिडियोसहित)

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ

रञ्जितालाई निकाल्ने निर्णयपछि रेशमले भेटे देउवालाई

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसका