कम्युनिस्टका लागि सत्ता काल बनिदिन्छ– प्रचण्ड « Khabarhub

कम्युनिस्टका लागि सत्ता काल बनिदिन्छ– प्रचण्ड


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट पार्टीका लागि सत्ता काल हुने गरेको बताएका छन् ।

कम्युनिस्टलाई विरोधीहरुले कहिल्यै पनि पछार्न नसकेको उल्लेख गर्दै प्रचण्डले सत्ताका कारण मात्रै कम्युनिस्टहरु विग्रिने गरेको दृष्टान्त सुनाए ।

‘हामीलाई विरोधीहरुले कहिल्यै पनि पछार्न सकेनन् । आन्दोलन र क्रान्तिमा कम्युनिस्टहरु विजयी भएर आए, तर सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक श्खलनको प्रक्रिया, सांस्कृति स्खलनको प्रक्रिया, त्यागको ठाउँमा स्वार्थ हावी हुँदै जाने प्रक्रिया बढ्यो, काल त्यहि भयो,’ २५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पहिलो विश्वयुद्धमा १ करोड, दोस्रो विश्व युद्धमा २ करोड मान्छे मरेर बनाइएको सोभियन युनियन (संघ) एउटा गोली पनि नपड्केर उल्टिएर पूँजीपति र साम्राज्यवादीहरुको हातमा गयो । कोही विदेशी सेना आए त्यसलाई विघटन गरेको होइन । कम्युनिस्ट नेताहरुमै आएको भ्रष्टीकरण, सत्तामा पुगेपछि सत्ता स्वार्थी भएर, अन्धो भएर, सबै कुरालाई मनोगत ढंगले विश्लेषण गर्ने हुन जाँदा त्यत्रो दुर्गति भोग्नुपर्‍यो ।’

अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले भने आफ्नै मौलिक अनुभव हासिल गरेको उल्लेख गरे । यद्यपि समाजवाद स्थापनाका लागि आन्दोलनको अनुभवलाई सही रुपमा डोर्‍याउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको जोड थियो ।

‘जनवादी क्रान्ति हाम्रो मौलिकतामा सम्पन्न भयो, समाजवादतिर पनि हाम्रो मौलिकतामै अगाडि बढ्ने हो । कस्टसाध्य बाटोबाट समाजवाद स्थापना गर्ने बाटोमा छौं हामी,’ प्रचण्डले भने, ‘समाजवादका लागि हामी नयाँ आन्दोलन गर्छौं, तर शान्तिपूर्ण र नयाँ तरिकाले । जनताको मन मस्तिष्क जितेर समाजवादको आन्दोलन गरिन्छ ।’

हतियारसहितको सशस्त्र संघर्षबाट राजतन्त्र समाप्त गरी संघीय लोकतान्त्रि गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रचण्डले अबको आन्दोलन शान्तिपूर्ण र सबै तहका जनताको सहभागितामा हुने उल्लेख गरे ।

माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनीतिक बाटोमा ल्याउनुपर्ने आवश्यकताको औचित्यबारे प्रस्ट पार्दै प्रचण्डले माओवादी आन्दोलन नै समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताए ।

त्यतिबेलाको नेतृत्व (आफू)ले सही विश्लेषण गरेर नै सही समयमा शान्ति प्रक्रियामा आउने निर्णय गरेको उनको भनाइ थियो ।

प्रचण्डले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण अचानक नभएको उल्लेख गर्दै जनयुद्ध कालदेखि नै दुई पार्टीबीच कार्यगत एकताको वातावरण निर्माण भएको बताए ।

‘तत्कालीन नेकपा एमाले र माओवादी निकै तिखो संघर्षमा केही वर्ष रहेकै हो । तर, राजतन्त्रको समाप्त गरेर गणतन्त्र ल्याउने विषयमा जनयुद्धकै क्रममा दुई पार्टीबीच समझदारी बनेको थियो,’ प्रचण्डले भने ।

दुई पार्टीबीचको समझदारीकै कारण १२ बुँदै समझदारी सम्भव भएको पनि प्रचण्डले उल्लेख गरे ।

१२ बुँदे समझदारी पछिको अवस्थाबारे स्मरण गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाले आफूले अझ बढी ठूलो आक्रमण गर्नका लागि अनुरोध गर्ने गरेको सुनाए ।

‘१२ बुँदै समझदारी भएपछि तत्कालीन कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा लगातार जसो, दिनदिनै फोनमा कुरा हुन्थ्यो । उहाँले अलि आक्रमण बढाउनु पर्‍यो, फौजी आक्रमण अझ बढाइदिनु पर्‍यो भन्नुहुन्थ्यो । अलि सदरमुकाम हान्नु पर्‍यो, अलि ठूलो ठूलो आक्रमण गर्नु पर्‍यो भन्नुहुन्थ्यो,’ प्रचण्डले भने ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १२ : २७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड