खेल क्षेत्रलाई प्राथमिकताकासाथ अघि बढाइनेछ : मुख्यमन्त्री शाह « Khabarhub

खेल क्षेत्रलाई प्राथमिकताकासाथ अघि बढाइनेछ : मुख्यमन्त्री शाह


२ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खेल क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । बर्दगोरिया स्पोट्र्स एण्ड इभेन्ट्सको आयोजनामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशव्यापी विद्यालयस्तरीय छात्रछात्रा फुटबल प्रतियोगिता–२०८२ को उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताए।

मुख्यमन्त्री शाहले खेलकुदको समग्र विकासका लागि स्पष्ट नीति तथा कार्यखाका तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। सबै क्षेत्रमा एकै पटक बजेट विनियोजन गर्न नसकिए पनि प्राथमिकताका आधारमा क्रमिक रूपमा विकास कार्य अघि बढाइने उनले उल्लेख गरे।

खेलकुदले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताउँदै उनले खेलकुदको विकासका लागि तीनै तहका सरकारले पर्याप्त बजेट सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा कैलाली र कञ्चनपुरका सरकारी तथा निजी विद्यालयका ४८ टिम सहभागी रहेको आयोजकले जनाएको छ । जसमध्ये छात्रतर्फ ३२ टिम र छात्रातर्फ १६ टिम छन् । प्रतियोगिता मङ्सिर १२ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : ५० बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको