लक्ष्यमा चुकेका प्रशिक्षक पटवालको सफलता खेलाडीले बनाएको ‘कीर्तिमान’ ! « Khabarhub

लक्ष्यमा चुकेका प्रशिक्षक पटवालको सफलता खेलाडीले बनाएको ‘कीर्तिमान’ !



काठमाडौं –  २०७६ जेठ १७ गते नेपाली क्रिकेट टोलीको जिम्मेवारी पाएका उमेश पटवालले बुधबारदेखि बिदा हुने गरी दिएको राजीनामासँगै नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदबाट बाहिरिएका छन् ।

कीर्तिपुरमा सम्पन्न आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम अमेरिकाविरुद्धको खेल नै पटवालका लागि अन्तिम खेल हो ।

उनले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई राजीनामा पत्र पठाइसकेका छन् । ८ महिना नेपाली टोलीको प्रशिक्षकमा रहेर काम गरेका उनले नेपाल बसाई सुखद् रहेको प्रतिक्रिया दिए ।

अन्तिम पटक सार्वजनिक रुपमा पत्रकारसँग कुराकानी गरिरहेका उनले खुलैरै यो पनि भने, ‘म आफुलाई कसरी विश्लेषण गर्न सक्छु ? यो त तपाईले गर्ने कुरा हो नि!’

जेठ महिनामा नेपाली टोलीको मुख्य प्रशिक्षक पटवाल बनिरहँदा नेपाली टोली यहिँ वर्ष अस्ट्रेलियामा हुने टि–२० विश्वकप क्रिकेटमा पुग्ने सपना देखिरहेको थियो ।

त्यहीँ बेला नेपाली टोलीको नेतृत्व सम्हाल्न आएका उनले भनेका थिए, ‘समय छोटो छ । त्यसैले धेरै ठूलो सफलताको अनुमान लगाइ हाल्ने समय छैन । अहिलेका लागि नेपाली खेलाडीको योजना अस्ट्रेलियामा हुने विश्वकप खेल्ने छ । आशा छ त्यहाँ हामी पुग्छौं ।’

पटवालले आफ्नो पहिलो लक्ष्य बनाएको ट्वान्टी–२० विश्वकपको सपना एसिया फाइनलमै तुहियो । उनी जुन योजना अनुसार आएका थिए । त्यसैमा उनलाई असफलता हात परेपछि उनले हेरेको ठूलो प्रतियोगिता नै त्रिकोणात्मक शृङ्खला हो ।

१ बर्षका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा आईसीसीले उनलाई नेपाल पठाएको थियो । आफ्नो सम्झौताको ४ महिना अगाडि स्वदेश फर्किरहेका उनले भने,‘ मेरो प्रशिक्षणमा टिम रहँदा केही खेलाडीहरुको विश्व कीर्तिमानले पनि केही कुरा त बताउँछ जस्तो लाग्छ ।’

विश्वकप पुग्ने लक्ष्यसहित टोलीको नेतृत्व सम्हाल्न पुगेका उनले आफुले छाडेर जाँदा खेलाडीको कीर्तिमानीमा चित्त बुझाउनु परेको छ । त्यतिमात्रै होइन, विश्वकपमा छनोट नभएपछि उनले दिएको अभिव्यक्तिको नेपालमा खुबै आलोचना भएको थियो ।

‘नेपाली क्रिकेटको स्तर राम्रो छैन । विश्वकप खेल्न एक–दुई जना खेलाडी होइन । म्याच विनर चाहिन्छ । र त्यो नेपाली टोलीमा छैन,’ पटवालले विश्वकप छनोटबाट बहिरिएपछि भनेका थिए ।

८ महिना नेपाली टोलीको मुख्य प्रशिक्षक भएर काम गरेका उनकै कार्यकालमा निवर्तमान कप्तान पारस खड्काले राजीनामा दिए र अहिले कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् ।

उनले नेपालमा रहँदा राम्रो अनुभवव बटुल्ने अवसर पाएको बताउँदै नेपाली क्रिकेटले अझै लामो बाटो तय गर्न बाँकी रहेको बताएका छन् ।

‘नेपाल क्रिकेट टिम अहिले नयाँ जन्मिएको शिशु जस्तो नै हो । अगाडि बढ्न धेरै बाँकी छ । केही खेललाई हेरेर राम्रो गरेको या नराम्रो गरेको भनेर भन्न मिल्दैन,’ उनले भने ।

प्रशिक्षकबाट राजिनामा दिएपछि उनी नेपाल क्रिकेट संघ (क्यान) सँग असहमत रहेको भन्ने समाचार समेत आएका थिए । तर, उनले क्यानसँग कुनै बेमेल नरहेको स्पष्ट पारेका छन् ।

‘नेपाल क्रिकेट संघसँग केही बेमेल भएर मैले राजीनामा दिएको भन्ने कुरा सत्य होइन । म उनीहरुसँग केही कुराकानीमा नै छैन भने सम्बन्ध राम्रो हुने या नराम्रो हुने भन्ने कुरै आउँदैन,’ पटवालले भने ।

पटवालले लिग २ मा नेपालले राम्रा टोलीसँग खेल्दै अमेरिकालाई पराजित गर्नु सुखदर संकेत रहेको बताएका छन् ।
‘अहिले लिग टु मा अगाडि रहेको टिमलाई नै हराउन सकेका छौँ । त्यो राम्रो संकेत हो,’ उनले भने ।

पटवालले नेपालको खेल अस्थिर रहेको समेत बताएका छन् । उनले कुनै खेलमा राम्रो गरिरहेको र कुनै खेलमा एकदमै कमजोर प्रदर्शन देखाइरहेको बताएका छन् ।

त्यसलाई सुधार्न नेपालले आफुभन्दा बलिया टोलीहरुसँग खेल्नु पर्ने सुझाव उनले दिएका छन् ।

‘नेपालले कुनै खेलमा असाध्यै राम्रो देखिन्छ भने कुनै खेलमा असाध्यै नराम्रो पनि भइरहेको छ । नेपाली टिमले राम्रो सुधार गरेर जानुपर्ने छ,’ उनले भने, ‘राम्रोलाई अझ राम्रो गर्ने र नराम्रो कुरामा निराश नभई सुधार गर्नुपर्ने हुन्छ । त्यसका लागि राम्रो टिमहरुसँग धेरैभन्दा धेरै खेल खेल्नु नै राम्रो हो ।’

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १२ : ३० बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको