कोरोनाको संक्रमण नरोकेको भन्दै हुबेई र वुहानका पार्टी प्रमुख बर्खास्त | Khabarhub Khabarhub

कोरोनाको संक्रमण नरोकेको भन्दै हुबेई र वुहानका पार्टी प्रमुख बर्खास्त


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित हुबेई प्रान्त र प्रान्तीय राजधानी वुहानका पार्टी प्रमुखलाई बर्खास्त गरेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको समाचारमा कम्युनिस्ट पार्टीको हुबेई प्रान्तका प्रमुख जियाङ चाओलियाङ र वुहान महानगरका पार्टी प्रमुख मा गुओचियाङलाई बर्खास्त गरिएको जनाइएको छ ।

कोरोना भाइरस महामारीविरुद्ध ठोस कदम चाल्न नसकेका कारण उनीहरुलाई बर्खास्त गरिएको हुनसक्ने आशंका गरिएपनि समाचारमा उनीहरुलाई बर्खास्त गरिनुको कारणबारे केही खुलाइएको छैन ।

कम्युनिस्ट पार्टीले साङ्घाई शहरका मेयर यिङ योङलाई कम्युनिस्ट पार्टीअन्तर्गत हुबेई प्रान्तको प्रान्तीय समितिको नयाँ सचिव नियुक्त गरिएको छ ।

यिङ राष्ट्रपति सी चिनफिङ निकट मानिन्छन् । वुहान महानगरका पार्टी प्रमुख माको स्थानमा भने पूर्वी शाङडोङ प्रान्तको राजधानी जिनिनका पार्टी प्रमुख वाङ झोङलिनलाई नियुक्त गरिएको छ ।

यसअघि गत मंगलबार चीनले हुबेई प्रान्तका दुई प्रमुख स्वास्थ्य पदाधिकारीलाई बर्खास्त गरेको थियो । त्यसबाहेक प्रधानमन्त्री ली केचियाङको नेतृत्वमा कम्युनिस्ट पार्टीले विशेष कार्यदल समेत गठन गरिसकेको छ ।

६ करोड जनसङ्ख्या रहेको हुबेई प्रान्तमा जारी महामारी नियन्त्रण तथा रोकथामका लागि पर्याप्त प्रयास नगरेको भन्दै पार्टीका पदाधिकारीहरुको चर्को आलोचना भइरहेका बेला उनीहरुलाई बर्खास्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : २१ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ