भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारतको उत्तर प्रदेश राज्यमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा–लखनउ द्रुतमार्ग अन्तर्गत फिरोजावाद शहरनजिक यात्रुबाहक बस र मालवाहक एक आपसमा ठोक्किएका थिए ।

बुधबार राति १० बजेतिर भएको दुर्घटनामा अरु ३१ जना घाइते भएका छन् ।

राजधानी दिल्लीबाट बिहार राज्यको मोतिहारीका लागि गइरहेको निजी डबल डेकर बस सोही दिशातर्फ गइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले स्थानीय अधिकारीलाई घटनास्थलमा पुगी जाँचबुझ गर्न तथा घाइतेहरुको उचित उपचार गर्न समेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ४९ बजे

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण