भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु « Khabarhub

भारतको उत्तर प्रदेशमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारतको उत्तर प्रदेश राज्यमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा–लखनउ द्रुतमार्ग अन्तर्गत फिरोजावाद शहरनजिक यात्रुबाहक बस र मालवाहक एक आपसमा ठोक्किएका थिए ।

बुधबार राति १० बजेतिर भएको दुर्घटनामा अरु ३१ जना घाइते भएका छन् ।

राजधानी दिल्लीबाट बिहार राज्यको मोतिहारीका लागि गइरहेको निजी डबल डेकर बस सोही दिशातर्फ गइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले स्थानीय अधिकारीलाई घटनास्थलमा पुगी जाँचबुझ गर्न तथा घाइतेहरुको उचित उपचार गर्न समेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १ : ४९ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा