चीनद्वारा हङकङ र मकाउ मामिलाका निर्देशक फेरबदल « Khabarhub

चीनद्वारा हङकङ र मकाउ मामिलाका निर्देशक फेरबदल


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले हङकङ र मकाउ मामिलाका लागि चिनियाँ कार्यालयका निर्देशक फेरबदल गरेको छ । हङकङमा ७ महिना लामो चीन सरकारविरोधी हिंसात्मक प्रदर्शन शान्त भएजस्तो देखिएको केही समयलगत्तै चीन सरकारले हङकङ र मकाउ मामिला कार्यालयका निर्देशक झाङ शियाओमिङलाई हटाएको हो ।

उनको स्थानमा चीनको जन राजनीतिक परामर्शदाता सम्मेलनका उपाध्यक्ष शिया बाओलोङलाई नियुक्त गरिएको चीनको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हङकङ र मकाउ मामिला कार्यालयको निर्देशकबाट हटाइए पनि झाङले कार्यालयको उपनिर्देशकको रुपमा दैनिक प्रशासनिक गतिविधिलाई निरन्तरता दिने सिन्ह्वाले जनाएको छ ।

यसअघि जनवरी महिनामा चीनले हङकङको सम्पर्क कार्यालयका प्रमुखलाई पनि बर्खास्त गरेको थियो । शिया चिनियाँ राष्ट्रपति सी चिनफिङका निकटस्थ मानिन्छन् ।

उनले हङकङमा पनि चीन सरकारको अधिक नियन्त्रण हुनुपर्ने विचारधारा राख्ने गरेको बताइन्छ । चीन सरकारको पछिल्लो निर्णय हङकङलाई चीनको अधिक नियन्त्रणमा राख्नका लागि लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  २ : ३३ बजे

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा