यस्तो छ पल र पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ पल र पूजाको फिल्म ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर (भिडियो)


१ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलर युट्युबमार्फत समेत सार्वजनिक गरिएको छ ।

ट्रेलरप्रति दर्शकले माया दर्शाएका छन् । अपलोड गरिएको केही समयमै फिल्मको ट्रेलरमा हजारौं प्रतिक्रिया आएका छन् ।

ट्रेलरमा पल शाह र पूजा शर्मालाई केन्द्रीय भूमिकामा देखाइएको छ । फिल्ममा पल शाह एक गायकको भूमिकामा देखिएका छन् ।

लभस्टोरी फिल्म बनाउन माहिर सुदर्शन थापाले फिल्मको स्तरीयतामा मेहनत गरेको ट्रेलरमा झल्किन्छ ।

पल र पूजाका अलावा हरिहर शर्मा, राजा राजेन्द्र, गणेश गिरी, सोनिका रोकाया लगायतका कलाकारको शीर्ष भूमिका रहेको फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् ।

फिल्ममा निर्देशक थापाको कथा छ भने स्किृप्ट शिवम् अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।

वनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्ममा पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको छ । यो फिल्म फागुन ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  ३ : ०९ बजे

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा