१ करोड ३० लाख वर्ष अघिसम्म जीवित कछुवाको अवशेष फेला « Khabarhub

१ करोड ३० लाख वर्ष अघिसम्म जीवित कछुवाको अवशेष फेला


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बोगोटा– कार जत्रो आकारको कछुवाको प्राचीन अवशेषहरु फेला परेका छन् ।

दक्षिण अमेरिकाको उत्तरी क्षेत्रमा फेला पारिएका विशाल अवशेष आजभन्दा १ करोड ३० लाख देखि ७० लाख वर्षअघिसम्म सो क्षेत्रमा पाइने स्टुपेण्डेमिस जियोग्राफिकस नामक कछुवाको रहेको वैज्ञानिकहरुको भनाइ छ ।

ती अवशेष भेनेजुएलाको उरुमाको क्षेत्र र कोलम्बियाको टाटाकोआ मरुभूमीय क्षेत्रमा फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यस ४ मिटर लामो कछुवाको अवशेष सर्वप्रथम सन् १९७० को दशकमा फेला परेपनि यसबारे धेरै रहस्य लुकेका थिए । तर, हालै पत्ता लागेको अवशेषबाट भने यस्ता रहस्य सुल्झने वैज्ञानिकहरुको विश्वास छ ।

दक्षिण अमेरिकामा अमेजन र ओरिनोको नदी बन्नुअघिको सिमसार क्षेत्रमा बसोबास गर्ने यस कछुवाको भालेको खपटामा दुई वटा सिंग समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता सिंग प्रतिद्वन्द्वीलाई चोट पु¥याउन विकास भएको हुनसक्ने बताइएको छ ।

सिमसार क्षेत्रमा बस्ने यस्ता कछुवाले साना जनावर, वनस्पती र फलफूल खाने गरेको पाइएको छ । कारजत्रो आकार र वजनका कारण अरु हिंसक जनावरको शिकार हुनबाट यो कछुवा जोगिँदै आएको हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ४ : १६ बजे

बाँकेमा ६१ मतदानस्थल संवेदनशील

नेपालगन्ज– आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेमा रहेका १३९ मतदानस्थलमध्ये ६१

निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

दाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य  निर्वाचनलाई स्वतन्त्र,

बक्स अफिसमा हिटको बाटोतर्फ सनी अभिनित बोर्डर २

मुम्बई- सनी देओल, वरुण धवन, अहान शेट्टी र दिलजीत दोसांझको

रसुवाको उत्तरी भेगमा हिमपात

रसुवा– जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार