जब विवाहको प्रस्ताव ‘गुगल म्याप’मै देखियो ! « Khabarhub

जब विवाहको प्रस्ताव ‘गुगल म्याप’मै देखियो !


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ३२ वर्षे स्टेफेन स्वार्ज पेसाले पार्ट टाइम किसान हुन् । गत वर्ष उनले आफ्नी प्रमिकालाई विवाह प्रस्ताव गर्न केही फरक शैली अपनाएका थिए ।

उनले आफ्नो मकैबारीमा जर्मन भाषामा ‘के तिमी मसँग विवाह गर्छ्यौं’ भन्ने शब्दको आकारमा मकै रोपेका थिए ।

मकै उम्रिएर बढ्दै गएपछि उनले आफ्नी प्रेमिकालाई ड्रोन ल्याएर आफ्नो मकैबारीमा उडाउन लगाए ।

शुरुमा त ड्रोन कम उचाईमा उडिरहेका कारण उनकी प्रमिकाले त्यो प्रस्ताव पढ्न पाइनन् तर, जब ड्रोनले उचाई लियो अनी उनकी प्रमिकाले त्यो रोमान्टिक प्रस्ताव पढिन्, त्यसपछि भने स्वार्जकी प्रेमिका विवाहका लागि राजी भइन् ।

आफ्नी प्रमिकालाई विवाहको प्रस्ताव गर्न स्वार्जले लगाएको मकै एक्कासी गुगल म्यापमा देखिन पुगेपछि भने भने अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

शुरुमा त उनले गुगल म्यापमा मकै देखिए नदेखिएको वास्तै गरेका थिएनन् । तर, क्यानाडामा बस्ने उनकी काकीले उनलाई गुगल म्यापको स्क्रिनसट पठाएपछि भने उनी छक्कै परेका थिए ।

जर्मनीको हुटेनबर्ग क्षेत्रमा ५ हेक्टरमा मकै लगाएर विवाह प्रस्ताव गरेका उनले आउँदो जुन महिनामा विवाह गर्ने तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : ०९ बजे

निर्वाचनमा सामाजिक सञ्जाल, एल्गोरिदम र डीपफेकको प्रभाव देखियो : डा. भट्टराई

नयाँदिल्ली– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा यही फागुन २१ गते

अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको