पर्यटनमन्त्री भट्टराई र इजरायली अर्थमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

पर्यटनमन्त्री भट्टराई र इजरायली अर्थमन्त्रीबीच भेटवार्ता


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तथा इजरायलका उद्योग एवं अर्थमन्त्री एली कोहेनबीच भेटवार्ता भएको छ ।

इजरायल भ्रमणमा रहेका मन्त्री भट्टराइले विहीबार त्यहाँका उद्योग तथा अर्थमन्त्री काहेनलाई भेटेका हुन् । भेटवार्ताका क्रममा दुई देशका मन्त्रीबीच द्विपक्षीय लगानी, व्यापार र पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको छ ।

यसअघि मन्त्री भट्टराईले गत मंगलबार इजरायलका पर्यटनमन्त्री यारिभ लेभिन तथा कृषिमन्त्री जाची ह्नेग्बीबीच भेटवार्ता गरेका थिए ।

उक्त भेटवार्ताका क्रममा कृषि क्षेत्रमा ज्ञान र प्रविधिको हस्तान्तरण, नेपाली कृषकको तालिम तथा पर्यटनको प्रवर्द्धन साथै दुई देशका बीचमा सिधा हवाई उडान लगायतका विषयमा छलफल गरिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ७ : २९ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका