श्रीमतीलाई अंश दिनुपर्ने भएपछि श्रीमानले जलाए १० लाख डलर ! « Khabarhub

श्रीमतीलाई अंश दिनुपर्ने भएपछि श्रीमानले जलाए १० लाख डलर !


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

ओटावा– पारपाचुके गरेकी श्रीमतीलाई अंश दिनुपर्ने भएपछि क्यानाडाका एकजना ब्यापारीले १० लाख क्यानेडियन डलर आगो लगाएर नष्ट गरेका छन् ।

क्यानाडाको राजधानी ओटावाका बासिन्दा रहेका ब्रुस मककोनभिलले पारपाचुके गरेकी श्रीमतीसँग आफ्नो सम्पत्ति अंश लगाउनु पर्ने भएपछि आफूले त्यसो गरेको दाबी गरेका हुन् ।

गत साता अदालतमा दिएका बयान अनुसार उनले विभिन्न ६ बैंकबाट २५ पटकसम्म गरी १० लाख क्यानेडियन डलर अर्थात् ८ करोड ६१ लाख नेपाली रुपैयाँभन्दा बढी झिकेको र पैसामा आगो लगाएका हुन् । उनले पहिलो पटक गत सेप्टेम्बर २३ मा ७ लाख ४३ हजार डलर नष्ट गरेको र पुनः डिसेम्बर १५ मा बाँकी २ लाख ९६ हजार डलर नष्ट गरेको अदालतमा बयान दिएका छन् ।

सम्बन्धविच्छेद सम्झौताअनुसार पारपाचुके गरेकी श्रीमतीलाई अंश दिनुपर्ने अनी आफ्ना सन्तानको स्याहारका लागि पनि श्रीमतीलाई पैसा दिनुपर्ने भएपछि आफूले त्यसो गरेको उनको दाबी छ । उनले सन् २०१८ मा ओटावा शहरको मेयरको उम्मेद्वारी समेत दिएका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ९ : ३२ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ