कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ४९ सय ७३ पुग्यो « Khabarhub

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या ४९ सय ७३ पुग्यो


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ मा पुगेको छ ।

चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् । संक्रमितमध्ये ६९ हजार १ सय ४२ जना स्वास्थ्यलाभ गरी घर फर्किएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको संक्रमणबाट सबैभन्दा बढी चिनियाँ नागरिक प्रभावित भएका छन् । चीनका ८० हजार ७ सय ९७ मा संक्रमण फैलिएको छ भने ३ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन् ।

चीनबाटै फैलिएको यो भाइरसको संक्रमण चीनमा भने नियन्त्रणमा आउनेक्रम जारी छ । चिनियाँ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना प्रभावित नयाँ ४ जनामात्र फेला परेका छन् भने बिहीबार एक जनाको मात्र मृत्यु भएको छ ।

संक्रमित चिनियाँ नागरिक स्वास्थ्यलाभ लिएर फर्कनेक्रम बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण भएको दाबी गरिरहँदा छिमेकी भारतमा भने कोरोनाको संक्रमण फैलिन थालेको छ । भारतमा कोरोना लागेका पहिलो एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाको संक्रमणमा रहेका कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ । उनी साउदी अरेबियाबाट केहिदिन अघिमात्र भारत आएका थिए ।

कर्नाटक राज्यका स्वास्थ्य तथा परिवार कल्याण विभागले भनेको छ, ‘यो विषयमा सबै दिशानिर्देशनहरुको पूर्ण पालना भइरहेको छ । उनको सम्पर्कमा आएका सबैलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ । ती व्यक्ति तेलंगनाको एक निजी अस्पतालमा गएका थिए यस कारण तेलंगना सरकारलाई पनि सचेत गराइएको छ ।’

केन्द्र सरकारद्वारा जारी विज्ञप्तिका अनुसार साउदीअरबबाट फर्केपछि स्वास फेर्न अप्ठ्यारो, खोकी र निमोनियकोल लक्षण देखिएपछि मार्च ६ मा एक डाक्टरले उनको घरमा नै उपचार गरेका थिए ।

तर स्वास्थ्य लगातार बिग्रेपछि मार्च ९ मा उनी कलबुर्गीमा एक निजी अस्पतालमा भर्ना भए । अस्पतालको प्रराम्भिक जाँचमा उनलाई कोरोना भाइरसको संक्रमणको आशंका गरियो ।

त्यसपछि विस्तृत जाँचका लागि बेंग्लोरको ल्यावमा परीक्षण भयो । जाँचको रिपोर्ट आउनु अगाबै उनलाई हैदराबादको एक निजी अस्पतालमा भर्ना गरियो । त्यसपछि मार्च १० मा उपचारकै क्रममा उनको मृत्यु भयो ।

कोरोनाको संक्रमण इटालीमा फैलने क्रम बढेको छ । इटालीमा अहिलेसम्म १५ हजार १ सय १३ जनामा संक्रमण देखा परेको छ भने १ हजार १६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै इरानमा १० हजार ७५ संक्रमित रहेको र ४ सय २९ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियामा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ भने ७ हजार ९ सय ७९ जना संक्रमित छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : ४२ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को