लास्कमाथि म्यान्चेस्टर युनाईटेडको सानदार जीत « Khabarhub

लास्कमाथि म्यान्चेस्टर युनाईटेडको सानदार जीत


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपा लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा म्यान्चेस्टर युनाईटेडले सानदार जीत निकालेको छ ।

बिहिबार राति भएको खेलमा युनाईटेडले करिब ५ सय दर्शकको उपस्थितीमा अस्ट्रियाको लास्कमाथि ५–० को जीत निकालेको हो ।

ओडियन इल्लूको गोलसंगै युनाईटेडले २८ औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । ३० बर्षका नाईजेरियन फरवार्डले सुरुवाती तीन खेलमा चार गोल गरिसकेको छन् । युनाईटेड पछिल्ला सबै प्रतियोगिताका ११ खेलमा अपराजित छ ।

म्यान्चेष्टर डर्बीको खेलमा उतारेको टिममा प्रशिक्षक ओले गुनर सोल्सायरले ५ खेलाडी परिवर्तन गरेका थिए । अस्ट्रिया क्लबबिरुद्वको खेलमा उनी आत्मविश्वासी देखिए ।

जुवान माटा, ड्यानियल जेम्स र ह्यारी मगुईरीले परिवर्र्तित टोलीमा स्थान बनाएका थिए । जेम्सले ५९ औ मिनेटमा युनाईटेडका लागि दोस्रो गोल गरे । त्यस्तै, माटा, मासन ग्रिनउड र एन्ड्रिास परेराले गोल गर्दै युनाईटेडलाई सानदार जीत दिलाए ।

युरोपियन प्रतिस्पर्धामा युनाईटेडले अस्ट्रियाको क्लबबिरुद्वको खेल गुमाउनु परेको छैन । पहिलो लेगमा प्राप्त जितले युनाईटेड क्वार्टरफाईनल प्रवेशको नजिक पुगेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ०२ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका