आर्सनलका मुख्य प्रशिक्षकलाई कोरोनाको संक्रमण ! « Khabarhub

आर्सनलका मुख्य प्रशिक्षकलाई कोरोनाको संक्रमण !


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लण्डन क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

चेक जाँचको क्रममा प्रिमियर लिग क्लबका प्रशिक्षकलाई कोरोनाको पोजेटिभ लक्षण देखिएको छ ।

अर्टेटामा देखिएको लक्षणसंगै शनिबार हुने आर्सनल र ब्राईटोनबीचको खेल स्थगित गरिएको छ ।

आर्सनलले पछिल्लो अवस्थामा अभ्यास सत्र बन्द गरेको छ । अर्टेटाको सम्पर्कमा रहेको स्टाफलाई समेत छुट्टै बसालेर जाँच प्रक्रिया अघि बढाईएको छ ।

विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न प्रियिमर लिगले समेत क्लबहरुको आकस्मिक बैठक बोलाएको छ । बैठकले प्रिमियर लिग क्लबको नयाँ तालिकाको विषयमा निर्णय लिनेछ ।

‘यो निकै निराशाजनक क्षण हो ।’ ३७ बर्षका अर्टेटाले भनेका छन् । ‘निकै गलेको महशुश भएपछि मैले परिक्षण गरेको थिए । जति सक्दो चाँडो काममा फर्कनेछु,’ उनले भनेका छन् ।

आर्सनलले आशंका गरिएका केही व्यक्तिलाई छुट्टै राखेर जाँच प्रक्रिया अघि बढाएको छ । त्यसमा फुटबल टिमका अधिकांश सदस्य समेत रहेका छन् ।

अर्टेटाको परिक्षण पुष्टि भएसंगै ब्राईटन एक बिज्ञप्ती जारी गर्दै खेल नहुने बताएको थियो । कोरोनाकै कारण बुधबारका लागि तय आर्सनल र म्यान्चेष्टर सिटीबीचको खेल स्थगित भएको थियो ।

बिहिबार मात्र लेस्टर सिटीका तीन खेलाडीमा कोरोना भएको पुष्टि भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : २७ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी