कटुवा पेस्तोल र गोलीसहित मोरङबाट ३ जना पक्राउ | Khabarhub Khabarhub

कटुवा पेस्तोल र गोलीसहित मोरङबाट ३ जना पक्राउ


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको सुनबर्षी नगरपालिका–८ हर्चनगढीबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ राउण्डसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भारत घर भएका २१ वर्षीय अजय कुमार मण्डल, अन्नद कुमार मण्डल र राकेश कुमार साह रहेका छन् ।

सुनबर्षी नगरपालिका–८ हर्चनगढीस्थित पसलमा मदिरा पिएर होहल्ला गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुमाथि तलासी गर्ने क्रममा पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरीले उनीहरुको साथबाट ‘अन टेस्ट’ लेखिएको मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  १ : २० बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई