उपभोक्ता बजारमा कोरोना त्रास– नियमितभन्दा ११ हजार मेट्रिक टन बढी ग्यास खपत « Khabarhub

उपभोक्ता बजारमा कोरोना त्रास– नियमितभन्दा ११ हजार मेट्रिक टन बढी ग्यास खपत


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– कोरोना भाइरसको त्रासका बीच बजारमा ११ हजार मेट्रिक टनभन्दा बढी खाना पकाउने (एलपी) ग्यास अतिरिक्त रुपमा खपत भएको पाइएको छ ।

उपभोक्ताहरुले पछिका लागि भन्दै ग्यास मौज्दात गर्ने प्रवृति बढेपछि अहिले बजारमा एलपी ग्यासको अभाव बढेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा बढेको अभावलाई मध्यनजर गर्दै भारतबाट साविकमा आपूर्ति भइरहेको तुलनामा ११ हजार मेट्रिक टनभन्दा बढी ग्यास आपूर्ति गर्न लागिएको जनाएको छ ।

मन्त्रालयका अनुसार बजारमा अहिले नियमित भन्दा धेरै ग्यास खपत भइरहेको छ । उपभोक्ताहरुले दैनिक उपभोगका लागि आवश्यक पर्नेभन्दा बढी ग्यास खरिद गरेर मौज्दात राख्न खोज्दा ग्यासको आपूर्ति बढेको मन्त्रालयको भनाइ छ ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको नेतृत्वमा मन्त्रालयमा बसेको बैठकले बजारमा आपूर्ति सहज पार्ने निर्णय गरेको छ । बिहीबारको बैठकको निर्णयानुसार हाललाई भारतबाट नियमित आपूर्ति भइरहेको भन्दा अतिरिक्त थप ग्यास आपूर्ति गर्न लागिएको मन्त्रालयकी सहायक प्रक्वता उर्मिला केसीले जानकारी दिइन् ।

नियमित आपूर्ति भइरहेको भन्दा भारतबाट थप ११ हजार मेट्रिक टन ग्यास आपूर्ति गर्न लागिएकाले अब बजारमा ग्यासको अभाव नहुने सहायक प्रवक्ता केसीको भनाइ छ ।

सरकारले बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन र सहज आपूर्तिको व्यवस्था गर्न अनुगमनलाई थप कडाइका साथ अगाडि बढाइएको जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : ०० बजे

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ – मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको

इरानी प्रहारले विश्वव्यापी ऊर्जा र सुरक्षा चुनौती

तेहरान – इरानी मिसाइल इजरायलको मुख्य आणविक अनुसन्धान केन्द्र नजिक