बिहेपछि पलले गरे आँचललाई अनफलो ! « Khabarhub

बिहेपछि पलले गरे आँचललाई अनफलो !


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयसम्म फिल्म जगतमा पल शाह र आँचल शर्मा प्रेममा रहेको चर्चा चलिरह्यो । यो जोडीलाई दर्शकले रुचाए । म्युजिक भिडियोमा हिट भए पनि पल र आँचलले एकसाथ अभिनय गरेका फिल्मले भने खासै व्यापार गर्न सकेनन् ।

यी दुईको भेट ‘नाइँ नभन्नू ल ४’ को अडिसनका क्रममा भएको थियो ।

फिल्म वृत्तमा चर्चा चलिरह्यो, पल र आँचल प्रेममा छन् । फ्यानलाई पनि यही लागेको थियो । तर, यी दुईले आफ्नो प्रेमको हल्लाबारे कहिल्यै स्वीकार गरेनन् ।

सामाजिक सञ्जालमा इन्स्टाग्राममा पलले आँचल फलो गरेका थिए । आँचलको इङ्गेजमेन्टको समयसम्म पनि यी दुईले एकले अर्कालाई फलो गरेका थिए । रमाइलो कुरा त पलले जम्मा १० जनालाई फलो गरेका थिए । तीमध्ये एक थिइन् आँचल शर्मा ।

हिजो फागुन २९ गते आँचल शर्माले पेशाले डाक्टर रहेका उदिप श्रेष्ठसँग बिहे गरे । धुमधामका साथ आँचल र उदिपको बिहे भयो ।

यता इन्स्टाग्राममा भने पलले आँचललाई अनफलो गरेका छन् । पललाई इन्स्टामा १ लाख ५० हजारले पछ्याएका छन् ।

पलले मात्र आँचललाई अनफलो गरेका होइनन् । आँचलले पनि पललाई अनफलो गरेकी छिन् । जबकि, आँचलले पललाई फिल्म क्षेत्रको सबैभन्दा राम्रो साथी भएको भन्दै तारिफ गर्दै आएकी थिइन् ।

पछिल्लो समय आँचल शर्मा र पल शाहले पनि एकसाथ काम पनि गरेका छैनन् । किन एकले अर्कालाई अनफलो गर्न बाध्य भए, त्यो त समयसँगै खुल्दै जाला ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  २ : १० बजे

बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी : फरार दुई व्यक्ति पक्राउ

काठमाडौं – नेपाल प्रहरीले आज दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार

सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको सुरुङ छिचोलियो

सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निमार्णाधीन सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा

सुनसरी – धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण

प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु