अमेरिकी सेनाले वुहान शहरमा कोरोना ल्याएको चिनियाँ कूटनीतिज्ञको आरोप « Khabarhub

अमेरिकी सेनाले वुहान शहरमा कोरोना ल्याएको चिनियाँ कूटनीतिज्ञको आरोप


३० फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ विदेशमन्त्रालयका एक प्रवक्ताले अमेरिकी सेनाका कारण चीनको वुहान शहरमा कोरोना भाइरसको प्रकोप आइलागेको आरोप लगाएका छन् । चिनियाँ विदेशमन्त्रालयको प्रवक्ता झाओ लिजियानले आफ्नो ‘भेरिफाइड’ ट्वीटर अकाउन्टमार्फत् अमेरिकी सेनामाथि यस्तो आरोप लगाएका हुन् ।

उनले ट्वीटमा कठोर शब्द प्रयोग गर्दै ‘वुहानमा यो संक्रमण ल्याउनुमा अमेरिकी सेनाको हात रहेको हुनसक्ने’ आरोप लगाएका हुन् । अमेरिकी अधिकारीले चीनले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक पारदर्शीता नअपनाएको आरोप लगाएको बदलामा उनको यस्तो टिप्पणी आएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले कोरोना भाइरसको नियन्त्रणका लागि चीनले ढिलो गरी कदम चालेको र यहीकारण विश्वले यसको पूर्व तयारी गर्न नसकेको आरोप लगाएका थिए ।

यसको प्रतिक्रिया दिँदै प्रवक्ता झाओले ट्वीट गरेका हुन् । झाओको ट्वीटमा लेखिएको छ, ‘अमेरिकामा पहिलो बिमारी कहिले देखिएको थियो ? कति मानिसहरु संक्रमित छन् ? अस्पतालका नामहरु के के हुन् ? वुहानमा यो संक्रमण ल्याउनुमा अमेरिकी सेनाको हात रहेको हुनसक्छ । पारदर्शीता अपनाउनुहोस् ! तपाईंहरुको तथ्यांक सार्वजनिक गर्नुहोस् ! हामीलाई अमेरिकाले जवाफ दिनुपर्छ !’

सामाजिक सञ्जालहरुमा वुहान शहरमा कोरोना भाइरसको प्रकोप अमेरिकी सेनाले ल्याएको अफवाह चलिरहेका बेला चिनियाँ कूटनीतिज्ञले भने पहिलो पटक सोझै अमेरिकी सेनामाथि प्रश्न उठाएका हुन् । यसबाट कोरोना भाइरसका विषयमा बाकयुद्ध शुरु हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ७ : १५ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका