उपत्यकामा ५ सय १८ बेडको क्वारेन्टाइन तयार, तारे होटल, रिसोर्ट र होमस्टेबारे सोच्दै सरकार « Khabarhub

उपत्यकामा ५ सय १८ बेडको क्वारेन्टाइन तयार, तारे होटल, रिसोर्ट र होमस्टेबारे सोच्दै सरकार


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले काठमाडौं उपत्यकामा ५ सय १८ बेड क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको जनाएको छ ।

कोरोना संक्रमण भएका शंकास्पद व्यक्तिहरुलाई राख्न उपत्यकामा बनाइएका पाँच क्वारेन्टिन स्थलको अनुगमनपश्चात् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले तत्काल पाँच सय १८ जनालाई एकैपटक राख्न सकिने अवस्था रहेको बताए ।

मन्त्री मानन्धरले उपत्यकामा क्वारेन्टाइन व्यवस्थापनलाई चुस्त बनाउनका लागि अनुगमन गरिएको बताए ।

साथै सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहहरुमा रहेका होटल, रिसोर्ट र होमस्टेसमेतलाई क्वारेन्टाइन बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ । यसो गर्न सकिए दशौं हजार बेड आवश्यक परेपनि तत्काल निर्माण गर्न सकिन्छ ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा रहेका ठुला होटलहरुमा सबै सुविधा उपलब्ध हुने भएकाले अब सरकारको ध्यान त्यसतर्फ गएको बताए ।

मन्त्री मानन्धरका अनुसार पाँच स्थानमा तयारी हालतमा रहेका क्वारेन्टिनको व्यवस्थापनका लागि आवश्यक हजिकरण गरिएको बताए ।

मन्त्री मानन्धरका अनुसार पशुपतिको धर्मशालामा ७० बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा छ ।

यस्तै ललितपुरको स्टाफ कलेजमा सय बेड क्षमता रहेको छ ।

स्टाफ कलेजमा केही सुधार गर्नुपर्ने देखिएको मन्त्री मानन्धरले बताए ।

यस्तै भक्तपुरको कृषि तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । खरिपाटीमा २०८ र नगरकोट नजिक तेलकोटस्थित खानेपानी तालिम केन्द्रमा ७० बेड क्षमताको क्वारेन्टिन तयारी अवस्थामा रहेको पनि मन्त्री मानन्धरले जानकारी दिए ।

अनुगमनका क्रममा खरिपाटी र तेलकोटको क्वारेन्टिनमा सबै पुर्वाधार तयारी अवस्थामा रहेको बताउँदै मन्त्री मानन्धरले अन्य स्थानमा पनि सामान्य सुधार गरेर सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी दिए ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा स्थानीय तहहरुले पनि क्वारेन्टिन बनाएको बताउँदै सबै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिन सञ्चालनको सहजिकरण सरकारले गर्ने बताए ।

मन्त्री मानन्धरले स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टाइन मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अनुगमन तथा सहजिकरण शुरु गरेका हुन् ।

सरकारले नागरिकको जीवन रक्षाका लागि हर तरहको प्रयास जारी राखेको बताउँदै मन्त्री मानन्धरले सरकारको योजनामा आम नागरिकले साथ दिएको भन्दै खुसी व्यक्त गरे ।

उपत्यकामा गर्नपर्ने तयारीकाबारे प्रतिवेदन बनाउने र देशभर मापदण्ड अनुसारनै क्वारेन्टिन निर्माणमा सहजीकरण थालिने पनि मन्त्री मानन्धरले जानकारी दिए ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  १० : ३४ बजे

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा

प्रधानमन्त्री अर्थमन्त्री शक्ति संघर्ष : डा वाग्लेले पनि सुरु गरे निजी क्षेत्र भेटघाट

काठमाडौं– असार महिनाको तेस्रो हप्ताबाट प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुरु