बेलायत- बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसको संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्च भएका छन् ।
सेन्ट थोमस हस्पिटलबाट उनी आइतबार डिस्चार्च भएका हुन्।
कोरोना भाइरसको संक्रमण देखिएको ११ दिनपछि उनी अस्पताल भर्ना भएका थिए। उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि बेलायतका प्रधानमन्त्री जोनसनले चिकित्सकलाई धन्यवाद दिएका छन् ।
आफ्नो उपचारमा खटिएका चिकित्सकप्रति आफू ऋणी रहेको जोनसनले बताएका छन् ।
एक विज्ञप्ति निकाल्दै उनले भनेका छन्- म उनीहरुलाई पर्याप्त धन्यवाद दिन सक्दिन। म उनीहरुप्रति ऋणी छु।
५५ वर्षीय जोनसन अस्पताल भर्ना भएको भोलिपल्टै उनलाई आईसियूमा सार्नु परेको थियो ।
बेलायतमा कोरोना भाइरस संक्रमणका कारण १ ० हजार ६१२ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया