कोरोना भाइरसको संक्रमणबाट जोगाउन एप्पलले उत्पादन गर्यो मास्क « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट जोगाउन एप्पलले उत्पादन गर्यो मास्क


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईफोन उत्पादक कम्पनी एप्पलले कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क उत्पादन गरेको छ ।

मास्क उत्पादन गरेलगत्तै आइफोनले त्यसको प्रयोग गर्ने तरीकाबारेको सर्पोट गाइडलाइन र फिटिङ भिडियो पनि सार्वजनिक गरेको छ ।

एप्पलले कोरोना भाइरसको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सामान्य प्लास्टिकमा प्रोटेक्सन लेयर थप गरेर फेस मास्क बनाएको छ ।

एप्पलका सीईओ टिम कूकले ट्वीटरमार्फत एउटा भिडियो पोस्ट गर्दै स्वास्थ्यकर्मीका लागि कम्पनीले नयाँ फेस सिल्ड तयार गरेको र त्यसलाई वितरण गर्न थालिसकेको उल्लेख गरेका छन् ।

एप्पलले उक्त फेस सिल्डलाई सयौं बक्समा विभिन्न ठाउँका लागि सिपिङ गरेको छ । तर यसलाई उपयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुँदा त्यसका लागि गाइडलाइन पनि कम्पनीले आफ्नो एप्पल सर्पोट पेजमा सार्वजनिक गरेको छ ।

कम्पनीले केही फेस सिल्ड यसअघि नै क्यालिफोर्नियास्थित सान्टा क्लारामा पठाइसकेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ०७ बजे

रास्वपा कास्कीमा भाँडभैलो, क्षेत्र नम्बर २ का ११ मध्ये १० वडा कमिटी उम्मेदवारको विरोधमा उत्रिए

पोखरा- उम्मेदवारलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की क्षेत्र नम्बर २

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको