कोरोना भाइरसले स्पेनमा एकैदिन ६०३ जनाको मृत्य | Khabarhub Khabarhub

कोरोना भाइरसले स्पेनमा एकैदिन ६०३ जनाको मृत्य


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६०३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार २०९ पुगेको छ ।

स्पेनमा एकैदिन ३ हजार ८०४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६६ हजार ८३१ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ६२ हजार ३९१ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ । भने ८७ हजार २३१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म १ लाख १४ हजार १७१ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १८ लाख ५१ हजार ४८७ रहेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : १६ बजे

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति