कोरोना भाइरस : १ लाख १४ हजारको मृत्यु, ४ लाखभन्दा धेरै उपचारपछि निको « Khabarhub

कोरोना भाइरस : १ लाख १४ हजारको मृत्यु, ४ लाखभन्दा धेरै उपचारपछि निको


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  साढे ३ महिनादेखि महामारीको रुप लिएको कोरोना भाइरसका कारण विश्वभर १ लाख १४ हजार २२१ जनाको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सोमबार विहान ७ बजेसम्म १८ लाख ५२ हजार ६ सय भन्दाबढी मानिस संक्रमित भएका छन् ।

सङ्क्रमितमध्ये चार लाख २३ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणले अमेरिकामा मात्रै २२ हजारभन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै पाँच लाख ६० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् ।

अमेरिकापछि इटलीमा १९ हजार आठ सय ९९ जनाको मृत्यु भएको छ । त्यहाँ १ लाख ५६ हजार ३६३ जना संक्रमित भएका छन् ।

स्पेनमा १७ हजार २०९ जनाको मृत्यु भएको छ भने १ लाख ६६ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै फ्रान्समा १४ हजारभन्दा धेरै र बेलायतमा १० हजार ६ सय भन्दाबढीको मृत्यु भएको छ ।

इरानमा ४ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ भने बेल्जियममा पनि ३ हजार ६ सय जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

सुरुमा कोरोना भाइरसको महामारी फैलिएको मुलुक चीनमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ३ हजार ३४१ पुगेको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ७ : ४८ बजे

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,