साउदीमा अनिश्चितकालीन कर्फ्यू, नेपालीलाई सतर्क रहन दूतावासको आग्रह « Khabarhub

साउदीमा अनिश्चितकालीन कर्फ्यू, नेपालीलाई सतर्क रहन दूतावासको आग्रह


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेपछि साउदी अरबमा लगाइएको कर्फ्यूको अवधि अनिश्चितकालका लागि लम्बाइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीले गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्यूको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको हो ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यू थप गरिएको हो ।

यस्तै साउदी सरकारले विभिन्न १३ क्षेत्रहरुबीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत राखेको रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले नेपालीहरुलाई कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरेको छ । रियादस्थित नेपाली दूतावासले नेपालीहरुलाई आफू बसेको ठाउँबाट बाहिर ननिस्कने अपिल गरेको छ ।

सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरुलाई अपिल गरेको हो ।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा ४ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ३५ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको