साउदीमा अनिश्चितकालीन कर्फ्यू, नेपालीलाई सतर्क रहन दूतावासको आग्रह | Khabarhub Khabarhub

साउदीमा अनिश्चितकालीन कर्फ्यू, नेपालीलाई सतर्क रहन दूतावासको आग्रह


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेपछि साउदी अरबमा लगाइएको कर्फ्यूको अवधि अनिश्चितकालका लागि लम्बाइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीले गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्यूको अवधि अर्को सूचना नआएसम्मका लागि लम्ब्याइएको हो ।

कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यू थप गरिएको हो ।

यस्तै साउदी सरकारले विभिन्न १३ क्षेत्रहरुबीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत राखेको रियादस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासले नेपालीहरुलाई कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरेको छ । रियादस्थित नेपाली दूतावासले नेपालीहरुलाई आफू बसेको ठाउँबाट बाहिर ननिस्कने अपिल गरेको छ ।

सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन दूतावासले नेपालीहरुलाई अपिल गरेको हो ।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्यूको पूर्ण पालना गर्न गराउन निर्देशन दिएको छ । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

साउदी अरबमा ४ हजार ४६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ८ : ३५ बजे

‘जेन-जी’ प्रदर्शनका घाइतेलाई चार प्रकारमा वर्गीकरण गरियो 

काठमाडौं– सरकारले ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएकालाई चार प्रकारमा वर्गीकरण

‘जारी २’मा १४ ‘डिरेक्टर्स कट’ थपेकोबारे यसो भन्छन् निर्देशक उपेन्द्र सुब्बा

काठमाडौं – ‘जारी २’का निर्देशक उपेन्द्र सुब्बाले प्रदर्शनको चौथो दिनमा

‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’

काठमाडौं– आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो

यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प 

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ

‘जिवनको हरेक चरणमा मधुमेह’ भन्ने नाराका साथ विश्व मधुमेह दिवस मनाइँदै 

काठमाडौं– आज विश्व मधुमेह दिवस । नेपालमा जीवनको हरेक चरणमा