लकडाउन उल्लंघन गर्ने ७ जनालाई एक एक हजार डलर जरिवाना « Khabarhub

लकडाउन उल्लंघन गर्ने ७ जनालाई एक एक हजार डलर जरिवाना


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अधिकांश मुलुक लकडाउनमा छन् ।

सबै देशका सरकारले सुरक्षित भएर घर भित्रै बस्न आग्रह गरिरहे पनि लकडाउन उल्लंघनका घटना रोकिएका छैनन् ।

हालै क्यालिफोर्नियाको सान्ता क्रुजमा घरभित्र बस्ने आदेश उल्लंघन गर्ने ७ जनालाई एक हजार डलरका दरले जरिवाना गरिएको छ । शेल्टर इन प्लेसको आदेश उल्लंघन गरेका कारण उनीहरुलाई सजाय स्वरुप जरिवाना गरिएको हो ।

उनीहरु मादक पदार्थ किन्नका लागि फ्रिमोन्टबाट आएको जनाइएको छ । सान्ता क्रुजभन्दा बाहिरबाट आएर समुदायलाई जोखिममा राख्नेहरुलाई जरिवाना तिराइने त्यहाँका प्रहरी प्रमुखले जनाएका छन् ।

उनीहरु ५० माइल गाडी चलाएर त्यहाँ आएको जनाइएको छ । सान्ता क्लारा काउन्टीको जनस्वास्थ्य विभागको वेवसाइटमा अत्यावश्यकबाहेक अन्यकाममा घरबाहिर नजान भनिएको छ । घरमा जमघट र भोजभतेर गर्न समेत प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाका अहिलेसम्म ५ लाख ६० हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको छ भने २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ३८ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम