अमेरिकाममा टोनार्डोका कारण ७ जनाको मृत्यु, कयौं घरमा क्षति « Khabarhub

अमेरिकाममा टोनार्डोका कारण ७ जनाको मृत्यु, कयौं घरमा क्षति


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकामा टोनार्डो(आँधी) कारण कम्तिमा ७ जनाको मृत्यु भएको छ । आँधीका कारण लुजियानामा सयौं भवनमा क्षति पुर्याएको छ ।

राष्ट्रिय मौषम सेवाका अनुशार टोनार्डो मिसिसिपीका अरु भागमा फैलिएको छ भने अलावामा राज्य क्षेत्रको नजिक प्रवेश गरेको छ ।

लुजियानामा कैयन भवनमा क्षति पुग्नुकासाथै हजारौंका घरमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न भएको छ ।  मोनरोका मेयरका अनुशार सिटी र आसपासमा झण्डै ३ सय घरमा क्षति पुगेको छ ।

मोनरो क्षेत्रीय विमानस्थलका कैयन उडानहरु रद्द गरिएका छन् भने टोनार्डोले पार्कमा राखिएका विमानमा ३० मिलियन डलर सम्मको क्षति गरेको छ । डेसोटो र वेवेस्टरमा पनि कैयन घरमा क्षति पुगेको छ ।

टेक्सासमा कम्तीमा २ वटा टोनार्डोहरु आएको बताइएको छ । मोगर्न काउन्टीमा चर्चको छानो भत्किएको छ भने कोही घाइते भएको खबर प्राप्त भएको छैन । अमेरिकाको दक्षिणी क्षेत्र जोखिममा रहेको मौषमविदहरुले चेतावनी दिएका छन् ।

यसैबीच सोमबार विहानैदेखि न्युयोर्कमा ७० माइल प्रतिघण्टाको दरले हावाहुरी चल्नुका साथै भारी बर्षा समेत हुने मौषमविदहरुले जनाएका छन् ।

समुन्द्री तटहरुमा हावाको बेग अझै उच्च हुनेछ । हावाहुरी र बर्षाका कारण रुखहरु ढल्ने र कतिपय स्थानमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न हुनसक्ने जनाइएको छ । सोमबार कडा मेघगर्जन समेत हुनसक्ने मौषमविदहरुले अनुमान गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ९ : ०८ बजे

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा

कास्की – पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

एमालेमा विधान महाधिवेशनमा पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत

एमाले महाधिवेशन हलमा पेस हुनेछ ईश्वर पोखरेलको प्रस्तावना

काठमाडौँ– नेकपा एमालेको ११ औँ महाधिवेशन शनिबारदेखि सुरु हुँदैछ। यो

चोरीको रु १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार